Logo

किरातीछाप : किरातकालिन ऐतिहासिक स्थल


काठमाण्डौ उपत्यकामा रहेका अन्य किरातकालिन ऐतिहासिक स्थल, गोकर्ण, सङ्खमुल वरपर सारीएका किराती राजधानी सहर, बस्तीहरु, ऐतिहासिक भग्नावशेषहरु, किरातकालिन मुर्ती, चैत्यहरु कता कता थिएरु कस्तो अवस्थामा छनरु खोज अनुसन्धान गरेर संरक्षण गर्न सकिएको छैन। त्यस्तै अर्को किरातकालिन ऐतिहासिक स्थल किरातीछाप दोलखा जिल्लाको भिमेश्वर नगरपालिका वडा नं ६ रहेको छ।

यो चरीकोट बजार बाट ८ किलोमीटर टाढा जिरी जाने बाटोमा पर्दछ।यहाँ केहि वर्ष अगाडि सम्म किरातकालिन भग्नावशेषहरु थियो भनिन्छ।किरातकालमा किराती राजाहरुले त्यहि स्थलमा बसेर छाप लगाऊने काम गर्दथिए तसर्थ किरातीछाप नाम रहन गएको मान्यता रहेको छ।

उक्त किरातकालिन स्थल किरातीछापमा हाल एउटा ९किरातीछाप० लेखिएको साइनबोर्ड मात्र सिमित रहेको छ। यस्तो ऐतिहासिक किरातकालिन स्थललाई न किरात जन्य संघ संस्थाले न कुनै किरातीहरुले किरातकालिन ऐतिहासिक स्थल भनेर किराती संरचना बनाएर संरक्षण प्रवर्धन गर्न कहिल्यै पहल गरेको छैन।त्यति गर्विलो किरात ईतिहास बोकेको ऐतिहासिक स्थल लाई संरक्षण गर्ने कुनै किराती सपुतको जन्म भएको देखिएन।

नेपालको रामेछाप जिल्लाको क्षेत्र नं २ सुनापती गाउपालिकाको एउटा डाँडामा किरातकालिन ढुङ्गाको बौद्ध चैत्यहरु छन।

उक्त ढुङ्गाको चैत्य लाई स्थानिय बुढापाकाहरु किराती चैत्य भनेर पुजा गर्ने गरेका छन।तर ति कहिलेको हो भन्ने कुनै प्रमाण छैन।त्यस्तै रामेछाप र दोलखा जिल्लाको विभिन्न स्थानमा डाँडामा जंङ्गलमा प्राचिन किरातीहरुले निर्माण गरेका सहरहरु बस्तीहरुको भग्नावशेषहरु रहेको कुरा पनि जानकारीमा आएको छ।

यस्ता किरातकालिन ऐतिहासिक प्रमाण तथा भग्नावशेषहरु संरक्षण गर्नु धेरै परको कुरा तर यस्तो कुरामा अधिकाँश किरातीहरु बेखबर रहेको पाईएको छ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्