Logo

स्वास्थ्यमन्त्री खतिवडाविरूद्ध मुद्दा दायर


२४ लाख डोज कोरोना खोप हराएको विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडा बिरुद्ध अख्तियारमा मुद्दा दायर भएको छ ।

स्वास्थ्य मन्त्रालयबाट हराएको २४ लाख डोज खोपको विषयमा नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले मंलगबार अख्तीयार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगालमा निवेदन दर्ता गराएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री खतिवडा तथा अन्य संलग्न व्यक्ती बिरुद्ध भ्रष्टाचाको मुद्दा दर्ता गरिएको राष्ट्रिय युवा संघ नेपालका सह संयोजक संजीप कुमार सुरज झाले जानकारी दिए ।

खतिवडा मन्त्री नियुक्त भएपछि २४ लाख डोज खोप हिनामिना गरी राज्यको २ अर्ब ४० करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोपसहित मुद्दा दायर गर्न अख्तियार पुगेको हो ।

खोप हिनामिना कार्यमा संलग्न मन्त्री खतिवडा र अन्य व्यक्तिमाथि छानबिन गरी भ्रष्टाचार निवारण ऐनअनुसार कारबाही गर्न माग गरिएको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्