वैज्ञानिक समाजवादी महिला संगठनले भर्खरै सार्वजनिक गायक दुर्गेश थापाको गीत ‘पैसा’मा महिलालाई पैसासँग तुलना गरिएको भन्दै प्रसारण बन्द गर्न माग गरेको छ।
संगठनले आइतबार विज्ञप्ति जारी गरी केही दिनअघि सार्वजनिक ‘पैसा’ बोलको म्युजिक भिडियाेमा सभ्य समाजमा पाच्य नहुने खालका शब्द प्रयोग भएको उल्लेख गर्दै गीत प्रसारण बन्द गर्न सम्बन्धित संस्था र राज्यका निकायलाई अनुरोध गरेको हो।
‘कलाकारले प्रयोग गर्ने शब्द, वेशभूषा र प्रस्तुतिले समाजमा अल्पकालीन र दीर्घकालीन असर पार्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाली समाजमा महिलामाथि हुने बलात्कारजन्य हिंसा, मानसिक र शारीरिक रूपमा हुने हिंसा वृद्धिमा सिनेमा, साहित्य र गीतमा महिलाको गरिमा र अस्तित्वलाई सस्तो र महिलाद्वेषी प्रस्तुत पनि एक कारण हो।’
विज्ञप्ति

“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
