Logo

टेनिस स्टार इमालाई पछ्याउने अमृत मगर दोषी ठहर


युएस ओपन टेनिस च्याम्पियन इमा राडुकानुलाई पछ्याउने ३५ वर्षीय एक युवक दोषी ठहर भएका छन्।

ब्रिटिस मिडियाहरूका अनुसार  ब्रोम्ली मजिस्ट्रेटको अदालतले अमृत मगरलाई शुक्रबार दोषी ठहर गरेको हो।

दक्षिण लन्डनस्थित १९ वर्षीय ब्रिटिस टेनिस खेलाडी राडुकानुको घरको ढोकाको क्यामेरा फुटेजमा मगर धेरै पटक देखिएका थिए।

डेली मेलका अनुसार पूर्व डेलिवरी चालक मगरले फूलहरू र प्रेम पत्र राडुकानुको घरको ढोकामा छाडेका थिए।

त्यसपछि राडुकानुले आफू असुरक्षित भएको भन्दै उजुरी दिएकी थिइन्।

डेली मेलका अनुसार राडुकानुले अदालतलाई दिएको बयानमा भनेकी छिन्,‘यो सबै भएको बेलादेखि एक्लै बाहिर जाँदा डर लाग्छ।’

गत वर्ष राडुकानुको खेल हेरेपछि मगरले उनलाई पछ्याउने थालेका थिए। त्यसपछि उनले राडुकानुको घर पत्ता लगाएर त्यहाँ पुग्ने गरेका थिए।

अब मगरलाई अर्को महिना अदालतले सजाय सुनाउनेछ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्