Logo

सहिद दिवस र लखन थापामगर


–निनाम लोवात्ती

हरेक वर्ष भैmँ यस वर्ष पनि कर्मकाण्डीय हिसावले सहिद सप्ताह वा भनौं सहिद दिवस मनाईँदै छ÷मनाईयो । त्यस क्रममा संवभतः राज्यको तर्पmबाट सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा ज्युले काठमाण्डौको सुन्धारास्थित सहिद गेटमा गएर चार सहिदहरु गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र राजा त्रिभुवनलाई सम्मान अर्पण गर्नु हुने छ !?

भनिन्छ, विसं २०१२ सालदेखि नेपालमा औपचारिक रुपमा सहिद दिवस मनाउन थालिएको हो । यसरी हेर्दा यो वर्षको सहिद दिवस ६७ औं सहिद दिवस हो । स्मरणीय छ, माथि उल्लेखित चारजना सहिदहरु नेपाल सरकारले मान्यतादिएको वा भनौं नेपालल सरकारको परिभाषाअनुसार नेपालका प्रथम सहिदहरु हुन् भने टंकप्रसाद आचार्य, रामहरि जोशी लगायतचाहिँं नेपालका जिउँदा सहिदहरु हुन् !

स्वर्गीय धर्मरत्न येँमी÷यमीले आफ्नो किताव ‘नेपालका कुरा’मा लेखेअनुसार त्यो वेलाको कानुनअनुसार ‘मान्छेहरुमा बाहुन जात र जनावरहरुमा गाई ! काट्न नहुने हुनाले मात्रै’ टंकप्रसाद आचार्य, रामहरि जोशीलगायत बाहुनहरुले नयाा जीवन पाएका हुन् । हुन पनि श्री ३ महाराज जंगबादुर राणाले विसं १९१० मा बनाएको मुलुकी ऐन (कानुन) मा ‘मान्छेमा बाहुनलाई र जनावरमा गाईलाई काट्न/मार्न नपाइने’ व्यवस्था थियो भने गाईलाई त आजभोलि पनि काट्न÷मार्न पाईदैन । गाई मात्रै होइन, विसं २०७२ मा आएको मुलुकी ऐन÷फौजदारी संहितामा त गोरुलाई समेत मार्न÷काट्न नपाईने व्यवस्था गरिएको देखिन्छ । जबकि श्री ३ महाराज जंगबादुर राणाले विसं १९१० मा बनाएको मुलुकी ऐन (कानुन) मा गोरु बारे केही उललेख थिएन । त्यस्तै विसं २०७२ मा आएको ‘नेपालको मात्रै नभएर दक्षिण एसिया अनि समग्र एसिया महादेशको मात्रै नभएर विश्वकै सर्वोत्कृष्ट !’ भनिएको संविधान अन्तर्गत ल्याईएको मुलुकी ऐन÷फौजदारी संहितामा बाहुनका बारेमा भने के कस्तो व्यवस्था गरिएको छ ? यो अकिञ्चनलाई केही थाहा–पत्तो भएन !?

जे भए तापनि विसं १९९७ मा मरेर जाने सहिदहरु गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र दशरथ चन्द मरेका÷मरेर सहिद भए भने, टंकप्रसाद आचार्य, रामहरि जोशीलगायत बाहुनहरुचाहिँ जातले बाहुन भएकै कारण जिउँदै रहेर/जिउँदो सहिद भए । त्यसो त उनीहरुले एकसय चारवर्षे निरंकुश राणाशासन विरुद्ध केही न केही काम गरेका थए नै । ती मध्ये धेरैले त नै जहाँ नियाँ राणा शासनविरुद्ध विगुल फुकेका थिए, यस कामका बारेमा कसैको पनि दुई मत रहँदैन । तर, एकसय चारवर्ष लामो निरंकुश राणा शासनका सुत्रधार जंगबहादुर राणालाई आजभन्दा १४४/४५ वर्षअघि नै हाँक दिँदा एकजना लगन थापामगर भन्ने मान्छेले पहिलो पटक सहादत प्राप्त गरेका थिए भन्नेचाहिँ अभैm पनि धेरै कम मान्छेहरुलाई मात्रै थाहा हुनु भनेको साह्रै दुःखद अवस्था हो । के उनी नै नेपालका प्रथम सहिद हुन सक्दैनन्हो/इनन् ?

–निनाम लोवात्ती

आउनु होस्, अब लागौं लखन थापामगर को हुन् ? भन्ने बारेमा छोटो जानकारी लिनेतर्पm । हो, उनी कहाँ जन्मेका थिए, को थिए, के गर्थे, उनी किन र कसरी सहिद भए ? आदिका बारेमा केही चर्चा गरौं । गोर्खा जिल्लाको बुङकोट, काहुले भङ्गारमा विसं १८९१ मा जन्मिएका लखन थापामगर विसं १९११ मा २० वर्षको उमेरमा उनका पिता पूर्खाले जस्तै मगरहरुको पल्टन (पुरानो गोरख गण) मा सेनामा क्याप्टेन पदमा भर्ती भएका थिए ।

सन् १९१४ मा भारतमा बेलायतीहरुले खडा गरेको कम्पनी सरकारको सैनिकविरुद्ध भारतीय सैनिकहरुले ठूलो विद्रोह गर्यो । अंग्रेज सैनिकविरुद्ध भारतीय सैनिकले गरेको विद्रोहलाई अंग्रेज सैनिकहरुले मात्रै दवाउन नसकेपछि नेपालका श्री ३ महाराज जंगबहादुर राणा आफै नेपाली सेनाको नेतृत्व गर्दै २५ पल्टन नेपाली सेना लिएर लखनऊतर्फ लागे । जसमा मगरहरुको पल्टन (पुरानो गोरख गण) मा रहेका लखन थापामगर, जयसिंह चुमीमगर, कालीबहादुर गणका श्रीपद गुरुङलगायतका सैनिक अधिकृतहरु पनि सामेल भएका थिए ।

यसरी भारतमा गएर सैनिक विद्रोह दबाउने क्रममा निर्दोस् जनताहरुलाई पनि निर्मम ढंगले हत्या गरिएको दृश्य अनि हालसम्म पनि ‘लखनऊ लुट’को नामले परिचति लखनऊका नबाव अलि शाहको दरबारमा रहेका श्रीसम्पत्ति लुट्ने क्रममा देखिएको उच्श्रृंखलता देखेपछि लखन थापामगरको मनले शान्ति पाएन । खासगरी भारतीय निर्दोष जनताहरुको आप्mनो मातृभूमि (देश) भारतलाई बेलायतीहरुको पन्जाबाट मुक्त गर्ने चाहनालाई धेरै नजिकबाट देखे । फलतः लखन थापामगरले भारतबाट फर्केपछि जंगबहादुर राणाको एकतन्त्रीय र निरंकुश शासनका विरुद्ध देवी–देवताका नाममा जनचेतना जगाउन थाले । किनभने, त्यो वेला अरु उपाय गरेर निरंकुश र सक्तिशाली राणाहरुका विरुद्ध केही गर्न सकिँदैन थियो । त्यसैले नेपालको केन्द्र भाग (राजधानी) काठमाण्डौमा जंगबहादुरको अत्याचार र अन्याय बढी रहँदा लखन थापामगर भने गोरखामा आफ्नै राजद्रोही (हालको भाषामा भन्दा विद्रोही) सरकार गठन गरेर मुख्तियार÷प्रधानमन्त्री बनेर जयसिंह चुमीमगरलाई सेनापति बनाए । उनले सुकदेव गुरुङ, ज्ञान दिलदास र ब्राह्मण कालु लम्साललाई मन्त्री बनाएका थिए । यसै क्रममा उनले आफ्रनै नेतृत्वमा २ हजार विद्रोही सेनासमेत संगठित गरेका थिए । भनिन्छ, यो खबर सुने लगत्तै जंगबहादुरले लखन थापामगरलाई झुन्ड्याएर मार्ने आदेश दिए । उनलाई झुन्ड्याएर मारिएको दिन थियो ‘–विसं १९३३, फागुन–२ गते ।’

यसरी हेर्दा निर्विवाद रुपमा लखन थापामगरलाई राजनैतिक रुपमा नेपालको प्रथम सहिद मान्नुपर्ने देखिन्छ । यसका लागि मगर जातिको आधिकारिक जातीय संस्था ‘नेपाल मगर संघ’ले २०४६ सालको राजनैतिक परिवर्तनदेखि नै प्रयास थालेको थियो । फलस्वरुप २०५६ साल फागुन ११ गते तत्कालीन श्री ५ को सरकारले लखन थापामगरलाई ‘नेपालको प्रथम राजनैतिक सहिद !’ घोषणा गरेको पनि हो । तर उक्त घोषणालाई विविध कारणले गर्दा नेपालका कर्मचारीतन्त्र र राजनैतिक नेतृत्वले कार्यन्ययनमा ल्याउनै चाहेन । स्मरणीय के छ भने, त्यसमा नेपालका मूलधारका भनिएका मिडियाहरुले पनि फिटिक्कै साथ दिएनन् । अहिलेसम्म पनि नेपालका कथित् मूलधारका भनिने अनेक खालका मिडियाहरु जस्तै एफएम, रेडियो, अनलाइन न्युज पोर्टल, दैनिक तथा साप्ताहक पत्रपत्रिका, टेलिभिजन आदिले सहिद दिवसका बारे लेख, रचना, फिचर वा समाचार लेख्दा÷छाप्दा÷प्रकाशित गर्दा÷प्रशारण गर्दा लखन थापामगर बारे केही उल्लेख नै गर्दैनन् । तर, पनि फेरि दोस्रोपटक नेपाली कांग्रेसका तत्कालीन सभापति तथा प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालको पालामा विसं २०७२ मा लखन थापामगरलाई ‘नेपालका प्रथम सहिद !’ भनी घोषणा भने गरेको थियो/छ ।

थप केही जानकारी चाहिएमाः ९८४९९८५९९७, ९८६२४३६०४९

  ninamkirat123@gmail.com

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्