बालबालिकालाई एकठाउँबाट अर्को ठाउँमा लान प्रशासनबाट स्विकृति लिनुपर्ने
बालबालिकालाई अभिभावक बाहेकले एक ठाउँबाट अर्को ठाउँमा लैजान जिल्ला प्रशासन कार्यालयबाट स्विकृति लिनुपर्ने भएको छ।
देशभित्रै एक ठाउँबाट अर्को ठाउँ लैजानका लागि स्थानीय निकायको सिफारिसमा जिल्ला प्रशासन कार्यालयबाट स्विकृति लिनुपर्ने भएको हो ।
अध्ययन र पालन पोषणको नाममा बालबालिकालाई स्वदेश तथा विदेशमा यौंन शोषण गर्ने गरेका घटनाहरु बढ्दै गएपछि गृहमन्त्रालयले यस्तो निर्णय गरेको हो ।
नेपालबाट विदेशमा बालबालिका लैजान अध्ययनका लागि भए एनओसी चाहिनुपर्ने, एनओसी जारी गर्न नमिल्नेको हकमा स्थानीय प्रशासनको स्वीकृती चाहिने र अन्य प्रयोजनको हकमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र सम्बन्धित देशको सरकारी निकायले प्रदान गरेको स्विकृती वा अनुमती पत्र आवश्यक पर्ने गृह मन्त्रालयले उल्लेख गरेको छ ।