Logo

बाबुआमाले आफूसँग राख्न अस्वीकार गरेपछी एक युवकले गरे आत्महत्या


बाबुआमाले सानैमा बेचेका लिउ सुएजाउले १७ वर्षको उमेरमा आफ्ना अभिभावक पत्ता लगाए । तर यो मिलाप उनका लागि सुखद साबित हुन सकेन ।

उनका अनुसार बाबुआमाले उनलाई दोस्रोपटक पनि आफूसँग राख्न अस्वीकार गरे । उनको यो कथाबारे मिडियादेखि सामाजिक संजालसम्म अत्याधिक चर्चा भयो । धेरैले उनीप्रति सहानुभूति देखाइरहेका थिए ।

लिउले सामाजिक संजालमा बताए अनुसार परिवारसँगको पुर्नमिलाप पहिले एकदम खुसीको कुरा बनेको थियो तर आफूले आर्थिक सहयोग चाहिएको बताउनासाथ माहोल बदलियो ।

उनले आफ्ना बुवाआमालाई या त आफूलाई पनि सँगै राख्न नत्र घर किनिदिन या भाँडामा कोठा लिन अनुरोध गरेका थिए ।

तर त्यसो भन्नासाथ बुवाआमा दुवैले आफूसँग सबै सम्बन्ध अन्त्य गरिदिएको उनले बताए । यहाँसम्मकी उनकी आमाले त म्यासेजिङ प्लेटफर्म वीच्याटमा समेत लिउलाई ब्लक गरिदिएको उनी बताउँछन् ।

उनका अभिभावकले चाहिँ यी सबै आरोप अस्वीकार गर्दै लिउले आफूलाई जबरजस्ती घर किन्न जोड दिइरहेको जुन आफ्ना लागि सम्भव नभएको उनकी आमाले बताएकी छन् । यसपछि लिउले फेरिपनि आफूलाई छाडेर जान खोजेको भनेर दुवैलाई अदालतमा मुद्दा हाल्ने भनेका थिए ।

यससँगै अनलाइनमा धेरैले उनलाई घर पाउन मात्र बाबुआमा खोजेको भनेर अनेक गालीगलौज गर्न थाले । त्यसपछि सोमबार मध्य रातमा लिउले आफ्नो वेइबोमा लामो पोस्ट लेख्दै इन्टेरनेटमा कसरी आफूमाथि हमला भएको लगायत जीवनका अन्य संघर्षबारे विस्तृतमा बताएका हुन् ।

उनले भनेका छन्, “मेरा आफ्नै बाबुआमाले मलाई दुईपटक छाडेर गए । जीवमा मैले धेरै कुरा भागेको छु । ” यति भन्दै उनले आफ्नो जीवन अन्त्य गर्नेबारे पनि लेखेका हुन् ।

यसलगत्तै मानिसहरुले उनको घर नजिक गइ एकपटक जाँच गर्न भनेर कमेन्ट गरिरहेका थिए । यसरी स्थानीय मिडियासँग कुरा गर्दै उनकी एक आफन्तले लिउको मृत्यु पक्का गरेकी हुन् ।

यो घटनाले यतिबेला चिनियाँ सामाजिक संजालभरि उनीप्रति सहानुभूतिको वर्षात गराएको छ र धेरैले उनीलाई अनलाइनमा गालीगलौज गर्नेमाथि आक्रोश पनि जनाइरहेका छन् ।

ठूलै मान्छेका लागि त गालीगलौज असह्य हुन्छ भने बच्चाले कसरी सबै सहेर बस्यो होला भनेर अधिकांशले दुःख जनाएका हुन् । अहिले सबैले उनलाई अर्को जूनीमा राम्रो परिवार पाओस् भन्ने कामना गरिरहेका छन् । एजेन्सी

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्