Logo

प्रदेश १ सरकारका ‘गलत निर्णय’को छानबिन गर्न एमालेद्वारा सरकारको ध्यानाकर्षण


नेकपा एमाले प्रदेश १ संसदीय दलले विभिन्न सात बुँदे माग राख्दै प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।

संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्री बन्ने प्रयोजनपछि सकिएपछि तीन महिनादेखि प्रदेश सभा बैठक नबोलाएको भन्दै अविलम्ब प्रदेश सभाको बैठक बोलाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

बैठकले गरेका निर्णयबारे जानकारी दिँदै एमाले प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले भने, “जनताको समस्या उठाइने प्रदेश सभा तीन महिनादेखि स्थगन छ । यसलाई अविलम्ब बोलाउन हाम्रो माग छ ।”

एमालेले आफू नेतृत्वको सरकारले गरेका निर्णयलाई अहिलेको सरकारले जथाभाबी खारेज गर्ने र एमाले संसदका क्षेत्रहरूमा विनियोजित बजेट कटौती गर्ने कार्य रोक्न पनि माग गरेको छ ।

सरकारले कोरोना खोपको गति बढाउन नसकेको र जनस्वास्थ्यमा ठूलो असर पुगेकोले खोपको समानुपातिक वितरणमा ध्यान दिनुपर्ने सदंसदीय दलको बेठकले निर्णय गरेको उनले सुनाए ।

राजनीतिक संस्कारका हिसाबले पनि सार्वजनिक लेखा समिति प्रमुख विपक्षीको जिम्मेवारीमा रहने भएपनि अहिले सत्ताधारी दलकै नेतृत्व रहेको राजभण्डारीले बताए ।

“हाम्रो पूर्ववर्ती सरकारका पालामा भए गरेका काम र निर्णय फेरबदल भएका विषय छानबिन गर्न पाँच सदस्यीय समिति गठन गर्ने निर्णय भएको छ,” उनले भने ।

समितिको संयोजक हिक्मत कार्की, जीवन घिमिरे,तुलसी प्रसाद न्यौपाने, जगदीशप्रसाद कुसियत र बुद्धिकुमार राजभण्डारी सदस्य छन् ।

“अघिल्लो सरकारले ल्याएको बजेट अहिले सरकारले कुन ढंगले चलाई रहेको छ त्यो खोज्नेछ,” प्रमुख सचेतक राजभण्डारीले भने,“सरकारले मन्त्रालय फुटाउने तयारी गरिरहेको छ यो ठिक छैन भन्ने हाम्रो निष्कर्ष हो ।”

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्