तीव्र उतारचढावबीच नेप्सेमा गिरावट

लगातार तेस्रो कारोबार दिन पनि सेयर बजारमा गिरावट भएको छ । साताको पहिलो कारोबार दिन आइबारबाट घट्न सुरु भएको नेप्से आज तेस्रो कारोबार दिन पनि ओरालो लागेको हो ।
आज बजार परिसूचक नेप्से ५.५९ अंकले घटेर २८१५.०६ अंकमा बन्द भएको छ ।
सोमबार १०० अंकको उच्च गिरावटपछि आज तीव्र उतारचढाव देखिएको नेप्से अधिकांश समय हरिया भएपनि अन्तिममा समान्य गिरावट भएर बन्द भयो ।
घटेको बजारमा कारोबार रकम पनि घटेर ५ अर्ब ३९ करोड ५६ लाखमा झरेको छ ।
सोमबार ८ अर्ब ८८ करोडको कारोबार भएको बजारामान आज कारोबार रकममा सुस्तता देखिएको छ ।
आज नेप्सेमा जीवना बिमाबाहेक सबै उपसूचकमा गिरावट भएको छ ।
आज दिनभर बजारमा एसियन लाइफको करिब २७ करोडको सेयर कारोबार हुँदा अपी पावरको करीब २३ करोड र एनआईसी एसिया बैंकको करिब २० करोडको सेयर कारोबार भएको छ ।
दिनभरमा १९० कम्पनीको सेयर कारोबारमा आउँदा १०२ कम्पनीको सेयरमूल्य घटेको छ भने ६९ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा १९ कम्पनीको स्थिर रहेको छ ।
आज कारोबार भएका कम्पनीमो विन नेपाल लघुवित्त र बुद्धभूमि हाइड्रोपावरको सेयरमूल्य बढेर सकारात्मक सर्किट लेभलमा बन्द हुँदा पोखरा फाइनान्सको सेयरमूल्य ८.२५ प्रतिशले बढेको छ ।
यता गोर्खाज फाइनान्सको सेयरमूल्यमा ४.५८ प्रतिशतको गिरावट हुँदा समिट लघुवित्तको ३.१८ प्रतिशत, समता घरेलु लघुवित्तको ३.०३ प्रतिशत र चन्द्रागिरि हिल्सको २.७३ प्रतिशतले घटेको छ ।