Logo

जनगणना २०७८ र विगतका तीन फरक तथ्य–तथ्यांक


निनाम लोवात्ती
हरेक १०–१० वर्षमा हुने राष्ट्रिय जनगणनाको तथ्यांक कहिल्यै पनि विश्वास गर्न सकिने, सही र भरपर्दो गरी आउने गरेको छैन ! भन्ने आम भनाइ रहने गरेको छ । खासगरी यस्तो गुनासो नेपालका आदिवासी जनजाति, मातृभाषी समुदाय, धार्मिक समूह, अल्पसंख्यक, तेस्रो लिंगी लगायतका अगुवाहरुबाट आउने गरेको छ । त्यसो भए तापनि गएको मंसिर अन्तिम साता नेपालमा १२ औं जनगणना सम्पन्न भएको छ ।

यहाँ सरसर्ती रुपमा विगतका तीन (विसं २०४८, २०५८ र २०६८) फरक–फरक जनगणना र ती जनगणनामा उल्लेख भएका केही तथ्य–तथ्यांकसहित केही प्रकाश पार्ने प्रयास गरिएको छ । मसिनो गरी केलाएर सबै कोणबाट लेख्दा धेरै लामो हुने भएकोले तीनवटै जनगणनामा नेपालका विभिन्न आदिवासी जनजातिको बढ्दै गएको जातिगत संख्या एवम् ती जातिहरुको घट्दै गएको जनसंख्याका बारेमा लेख्ने जमर्को गरिएको छ । त्यसैले सर्व प्रथम विसं २०४८ को राष्ट्रिय जनगणनामा उल्लेख भएका नेपालका आदिवासी जनजाति र ती जातिहरुको जनसंख्यालाई उल्लेख गरिएको छ ।

(क) हिमाली आदिवासी जनजातिः थकाली १३ हजार ७३१, भोटे १२ हजार ४६३, शेर्पा १ लाख १० हजार ३५८ । विसं २०४८ को जनगणनामा हिमाली आदिवासी जनजातिको संख्या तीन र जम्मा जनसंख्याः १ लाख ३६ हजार ५५३ रहेको थियो ।

(ख) पहाडी आदिवासी जनजातिः गुरुङ ४ लाख ४९ हजार १८९, चेपाङ ३६ हजार ६५६, जिरेल ४ हजार ८८९, तामाङ १० लाख १८ हजार २५२, थामी १९ हजार १०३, नेवार १० लाख ४१ हजार ९०, मगर १३ लाख ३९ हजार ३०८, राई ! (राई कुनै जात वा जाति नभएर नेपालको भगौलिक एकीकरणपछि शासकहरुले दिएको पदवी÷पगरी मात्रै भएकोले ‘!’ चिन्ह राखिएको हो ।) ५ लाख २५ हजार ५५१, लिम्बु २ लाख ९७ हजार १८६, लाप्चा ४ हजार ८२६, सुनुवार ४० हजार ९३४, अन्य १ लाख ८४ हजार २१६ । पहाडी आदिवासी जनजातिको जातिगत संख्या ११ रहेको थियो भने जम्मा जनसंख्याः ४७ लाख ७६ हजार ९९३ रहेको थियो ।

(ग) भित्री मधेसी आदिवासी जनजातिः कुमाल ७६ हजार ६३५, दनुवार ५० हजार ७५४, दरै १० हजार ७५९, बोटे ६ हजार ७१८, माझी ५५ हजार ५०, राउटे २ हजार ८७८, राजी ३ हजार २७४ गरी भित्री मधेसी आदिवासी जनजातिको जातिगत संख्या ७ रहेको थियो भने जम्मा जनसंख्याः २ लाख ६ हजार ६८ रहेको थियो ।

(घ) मधेसी आदिवासी जनजातिः गनगाई २२५२ …, थारु ११ लाख ९४हजार २२४, धिमाल १६ हजार ७८१, राजवंशी ८ हजार २१७ अन्यः १ लाख २९ हजार ७७७ । मधेसी आदिवासी जनजातिको जातिगत संख्या ४ र अन्य … गरी जम्मा जनसंख्याः १ लाख २९ हजार ७७७ रहेको थियो । तथ्यांक स्रोतः डोरबहादुर विष्टको ‘सबै जातकोे पूmलबारी’ किताब ।

त्यस्तै विसं २०५८ को जनगणनामा उल्लेख भएका नेपालका समग्र आदिवासी जनजातिको जनसंख्या र थप भएका नयाँ आदिवासी जनजातिको जातिगत संख्या र तथ्यांक पनि तल उल्लेख गरिएको छ ।

(क) हिमाली आदिवासी जनजातिः थकाली १२ हजार ९७३, भोटे १२ हजार ४६३, शेर्पा १ लाख ५४ हजार ६२२, ब्यासी २ हजार १०३, वालुङ १ हजार १४८ गरी हिमाली आदिवासी जनजातिको जातिगत संख्या ५ र जम्मा जनसंख्याः १ लाख ९२ हजार ९ रहेको थियो । यसरी हेर्दा विसं २०५८ को राष्ट्रिय जनगणनामा ब्यासी र वालुङ गरी दुई हिमाली आदिवासी जनजाति थपिएको देखिन्छ ।

(ख) पहाडी आदिवासी जनजातिः मगर १६ लाख २२ हजार ४२१, तामाङ १२ लाख ८२ हजार ३०४, नेवार १२ लाख ४५ हजार २३२, राई ! (राई कुनै जात वा जाति नभएर नेपालको भगौलिक एकीकरणपछि शासकहरुले दिएको पदवी/पगरी मात्रै भएकोले ‘!’ चिन्ह राखिएको हो ।) ६ लाख ३५ हजार १५१, गुरुङ ५ लाख ४३ हजार ५७१, लिम्बु ३ लाख ५९ हजार ३७९, घर्ती/भुजेल १ लाख १७ हजार ५६८, सुनुवार ९५ हजार २५४, चेपाङ/प्रजा ५२ हजार २३७, थामी २२ हजार ९९९, याक्खा १७ हजार ३, पहरी ११ हजार ५०५, छन्त्याल ९ हजार ८१४, बराम ७ हजार ३८३, जिरेल ५ हजार ३१६, दुरा ५ हजार १६९, लाप्चा ३ हजार ६६०, हायु, १ हजार ८२१, ह्योल्मो ५७९, कुसुन्डा १६४ । यसरी विसं २०५८ को राष्ट्रिया जनगणगनामा पहाडी आदिवासी जनजातिमा घर्ती/भुजेल, याक्खा, पहरी, छन्त्याल, बराम, ह्योल्मो गरी ६ वटा नयाँ जाति थपिएको देखिन्छ । त्यस्तै पहाडी आदिवासी जनजातिको जातिगत संख्या २० रहेको थियो । जनसंख्या पनि ५४ लाख ६६ हजार ४६३ पुगेको थियो ।

(ग) भित्री मधेसी आदिवसी जनजातिः कुमाल ९९ हजार ३८९, माझी ७२ हजार ६१४, दनुवार ५३ हजार २२९, दरै १४ हजार ८५९, बोटे ७ हजार ९६९, राजी २ हजार ३९९, राउटे ६५८ । विसं २०५८ को जनगणनामा भित्री मधेसी आदिवासी जनजातिको जातिगत संख्या बढेको देखिदैन भने जनसंख्या २ लाख ५१ हजार १४९ रहेको थियो ।

(घ) मधेसी आदिवासी जनजातिः थारु १५ लाख ३३ हजार ८७९, राजवंशी ९५ हजार ८१२, सन्थाल÷सतार ४२ हजार ६९८, गनगाई ३१ हजार ३१८, धिमाल १९ हजार ५३७, ताजपुरिया १३ हजार २५०, मेचे ३ हजार ७६३, किसान २ हजार ८७६, कोचे १ हजार ४२९, मुन्डा ६६० । २०४८ को जनगणनामा मधेसमा थारु, धिमाल र राजवंशी मात्रै आदिवासी जनजातिको रुपमा रहेका थिए भने, २०५८ को जनगणनामा सन्थाल÷सतार, गनगाई, ताजपुरिया, मेचे, किसान, कोचे र मुन्डा गरी सात वटा नयाँ जातिहरु तथ्यांकमा आए । उनीहरुको जनसंख्या १७ लाख ४५ हजार २२४ रहेको थियो ।

यस्तै यहाँ विसं २०६८ को राष्ट्रिय जनगणनामा आएको आदिवासी जनजातिको जातिगत संख्या र उनीहरुको जनसंख्याको पनि तल वर्णन गएिको छ ।

(क) हिमाली आदिवासी जनजातिः थकाली १३ हजार २१५, भोटे १३ हजार ३९७, शेर्पा १ लाख १२ हजार ९४६, डोल्पो ४ हजार १०७, ल्होपा २ हजार ६२४, ब्यासी÷सौका ३ हजार ८९५, तोप्केगोला १ हजार ५२३, वालुङ १ हजार २४९, ल्होमी १ हजार ६१४ । यसरी हेर्दा २०५८ मा ब्यासी र वालुङ गरी दुई हिमाली आदिवासी जनजाति मात्रै थपिएका थिए भने, २०६८ को जनगणनामा डोल्पो, तोप्केगोला, ल्होमी र ल्होपा गरी अरु ४ वटा हिमाली आदिवासी जनजाति नयाँ जातिको रुपमा थपिए । उनीहरुको जम्मा जनसंख्या १ लाख ५४ हजार ५७४ रहेको थियो ।

(ख) पहाडी आदिवासी जनजातिः मगर १८ लाख ८७ हजार ७३३, तामाङ १५ लाख ३९ हजार ८३०, नेवार १३ लाख २१ हजार ९३३, राई ! ६ (राई कुनै जात वा जाति नभएर नेपालको भगौलिक एकीकरणपछि शासकहरुले दिएको पदवी/पगरी मात्रै भएकोले ‘!’ चिन्ह राखिएको हो ।) लाख २० हजार ४, गुरुङ ५ लाख २२ हजार ६४१, लिम्बु ३ लाख ८७ हजार ३००, घर्ती/भुजेल १ लाख १८ हजार ६५०, सुनुवार ५५ हजार ७१२, चेपाङ/प्रजा ६८ हजार ३९९, थामी २८ हजार ६७१, याक्खा २४ हजार ३३६, पहरी १३ हजार ६१५, छन्त्याल ११ हजार ८१०, बराम ८ हजार १४०, जिरेल ५ हजार ७७४, दुरा ५ हजार ३९४, लाप्चा ३ हजार ४४५, हायु, २ हजार ९२५, ह्योल्मो १० हजार ७५२, कुसुन्डा २७३, कुलुङ २८ हजार ६१३, घले २२ हजार ८८१, खवास १८ हजार ५१३, नाछिरिङ ७ हजार १५४, याम्फु ६ हजार ९३३, चाम्लिङ ६ हजार ६६८, आठपहरिया ५ हजार ९७७, बान्तावा ४ हजार ६०४, थुलुङ ३ हजार ५३५, मेवाहाङ ३ हजार १००, बाहिङ ३ हजार ९६, साम्पाङ १ हजार ६८१, खालिङ १ हजार ५७१, लोहोरुङ १ हजार १५३ । यसरी हरेक १०–१० वर्षको जनगणनाको तथ्यांक हेर्दा २०५८ को जनगणनामा पहाडी आदिवासी जनजातिमा घर्ती/भुजेल, याक्खा, पहरी, छन्त्याल, बराम, ह्योल्मो गरी ६ वटा जाति थपिएका थिए भने, २०६८ को ११ औं जनणनामा पहिले–पहिलेको जनगणनामा ‘राई !’ जातिमा गाभिने गरेको कुलुङ लगायत १२ वटा किराती जातिहरुका साथै घले र खवास गरी १४ वटा नयाँ जातिहरु थपिए । यसरी पहाडी आदिवासी जनजातिहरु विसं २०६८ को जनगणनामा ३४ वटा भए भने विसं २०६८ को जनगणनामा पहाडी आदिवासी जनजातिको जम्मा जनसंख्या ६७ लाख ५२ हजार ८१९ पुग्यो ।

(ग) भित्री मधेसी आदिवसी जनजातिः कुमाल १ लाख २१ हजार १९६, माझी ८३ हजार ७२७, दनुवार ८४ हजार ११५, दरै १६ हजार ७८९, बोटे १० हजार ३९७, राजी ४ हजार २३५, राउटे ६१८ । भित्री मधेसी आदिवासी जनजातिको जनसंख्या ३ लाख २१ हजार १७६ रहेको छ भने, तीनवटै जनगणनामा भित्री मधेसका जातिगत संख्या बढेन ।

(घ) मधेसी आदिवासी जनजातिः थारु १७ लाख ३७ हजार ४७०, राजवंशी १ लाख ५२ हजार २४२, सन्थाल/सतार ५१ हजार ७३५, गनगाई ३६ हजार ९८८, धिमाल २६ हजार २९८, ताजपुरिया १९ हजार २१३, मेचे ४ हजार ८६७, किसान १ हजार ७३९, कोचे १ हजार ६३५, मुन्डा २ हजार ३५० । २०६८ को जनगणनामा भने मधेसी आदिवासी जनजातिको संख्या थपघट भएको देखिदैन । मधेसी आदिवासी जनजातिको जनसंख्या भने २० लाख ३४ हजार ६९५ पुगेको छ । यसरी हेर्दा विसं २०६८ मा नेपालमा समग्र आदिवासी जनजातिहरुको जनसंख्या ९२ लाख ६३ हजार २६९ पुगेको छ ।

विसं २०४८ को जनगणनाको तथ्यांकलाई आधार मानेर हेर्दा त्यो वेला हिमाली आदिवासी जनजाति ३ वटा, पहाडी आदिवासी जनजाति ११, भित्री मधेसी आदिवासी जनजाति ७ वटा र मधेसी आदिवासी जनजाति ४ वटा गरी २५ वटा जातिहरु कुन जाति हो ? भनी जातीय स्वपहिचान खुलेको आदिवासी जनजातिको रुपमा रहेको थियो भने, विसं २०५८ मा नेपालको आदिवासी जनजातिहरुको जातिगत संख्या पनि बढेर हिमाली आदिवासी जनजाति ५, पहाडी आदिवासी जनजाति २०, भित्री मधेसी आदिवासी जनजाति ७ र मधेसी आदिवासी जनजाति १० गरी गरी ४२ वटा आदिवासी जनजातिहरु कुन जाति हो ? भनी जातीय स्वपहिचान खुलेको अवस्था थियो । तर, विसं २०६८ को जनगणनामा भने नेपालमा आदिवासी जनजातिहरुको जातिगत संख्या ह्वात्तै बढेर ! ६० पुगेको छ ।

यसरी हेर्दा विसं २०४८ को जनगणनादेखि नै जनसंख्याको सवालमा लगभग स्थिर रहेको जातीय जनसंख्या भनेको थकालीको मात्रै रहेको देखिन्छ । किनभने, थकालीको जनसंख्या क्रमशः विसं २०४८ मा १३ हजार ७३१, विसं २०५८ मा १२ हजार ९७३ (विसं २०४८ भन्दा केही घटेको) र विसं २०६८ मा १३ हजार २१५ (विसं २०४८ भन्दा ५०० कमै) रहेको देखिन्छ । जे भए तापनि जनगणनामा एकै जातिका रुपमा लैख्दै/भन्दै आएका थकाली जाति विसं २०५४ मा बनेको तत्कालीन श्री ५ को सरकार, स्थानय विकास मन्त्रालय मातहत रहेको ‘जनजाति समिति’ अन्तर्गत ६ वटा अलग–अलग जातिमा सूचीकृत भएका थिए । जस्तै थकाली, मार्फाली थकाली, चिमतन, छैरोतन, ठिनतन, स्याङतान । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान बनेपछि (विसं २०५८ मा) थकाली, मार्फाली थकाली, (चिमतन, ठिनतन, स्याङतानलाई गाभेर) तीनगाउँले थकाली र छैरोतन गरी ४ खाले थकाली भएर सूचीकृत भएका थिए÷छन् । तर, उनीहरुको जनसंख्या भने, विसं २०५८ र विसं २०६८ को जनगणनामा एकै जाति थकालीमै अद्यावधिक गरिएको/रहेको छ । सूचीकृत भएअनुसार अलग–अलग जातिका रुपमा किन आएनन् ?

यसरी हेर्दा हरेक १०–१० वर्षमा हुने राष्ट्रिय जनगणनामा आदिवासी जनजातिहरुको जातिगत संख्या बढ्ने क्रममा सबैभन्दा धेरै विसं २०६८ को जनगणनामा आदिवासी जनजातिहरुको जातिगत संख्या बढेर ६० वटा भएको छ भने, विसं २०७८ को १२ औं राष्ट्रिय जनगणनामा घट्ने बढ्ने के हुने हो ? अहिले नै किटानी साथ भन्न सकिने अवस्था छैन । विसं २०६८ को जनगाणनाको तथ्यांकमा अलग्गै जातिका रुपमा उल्लेख भएका जातजाति र भाषाभाषीहरुलाई केन्द्रीय तथ्यांक विभागले विसं २०७८ को जनगणनामा पनि अलग्गै जातिगत कोड र भाषागत कोड उपलब्ध गराएको हुनाले आदिवासी जनजातिहरुको जातिगत संख्या घट्ने संभवाना देखिदैन । तर, उनीहरुभित्रको जनसंख्या भने धेरै जातिहरुको घट्न सक्ने संभावना प्रवल रहेको देखिन्छ । जस्तो, विसं २०५८ को १० औं जनगणनामा ६ लाख ३५ हजार १५१ रहेको राई ! को जनसंख्या विसं २०६८ को ११ औं जनगणनामा घटेर ६ लाख २० हजार ४ मा झरेको थियो । त्यस्तै विसं २०५८ को राष्ट्रिय जनगणनामा गुरुङको जनसंख्या ५ लाख ४३ हजार ५७१ रहेकोमा विसं २०६८ को जनगणनामा ५ लाख २२ हजार ६४१ मा झरेको छ । त्यस्तै शेर्पाको जनसंख्या पनि विसं २०५८ को राष्ट्रिय जनगणनामा १ लाख ५४ हजार ६२२ रहेको थियो । तर, विसं २०६८ को जनगणनामा भने शेर्पाको जनसंख्या घटेर १ लाख १२ हजार ९४६ मा झरेको छ ।

त्यसैले विसं २०७८ को १२ औं जनगणना हुँदा ताका नै भित्रभित्रै विगतमा ठूला जाति हौं भन्दै अरु जातिको स्वतन्त्र जातीय अस्तित्वलाई नस्वीकार्ने र, सकेसम्म नामेट नै पार्न लागीपर्ने ! राई, थारु, मगर, तामाङ, गुरुङ, शेर्पा, बाहुन

आदिका अगुवाहरुको मुटुमा ढ्याङ्ग्रो बजी सकेको अवस्था हो । खासगरी राई, तामाङ, शेर्पा र गुरुङ जातिका अगुवा हौं भन्नेहरुमा यो स्थिति रहेको वास्तविक हो । किभने, विसं २०६८ को ११ औं जनगणनामा आएको जातजाति र भाषाभाषीको तथ्य–तथ्यांकको आधारमा नै विसं २०७८ को १२ औं जनगणनामा केन्द्रीय तथ्यांक विभागले अलगअलग जातिगत कोड उपलब्ध गराईएको भन्ने त माथि नै लेखिसकिएको छ । त्यसमा पनि राईको जनसंख्या सबैभन्दा धेरै घट्ने देखिन्छ । त्यसो त विसं २०६८ मा नै पनि विसं २०५८ मा राईको जनसंख्या घटेको थियो । विसं २०५८ मा ६ लाख ३५ हजार १५१ रहेकोे राईको जनसंख्या विसं २०६८ मा घटेर ६ लाख २० हजार ४ मा झरेको थियो ।

थप केही जानकारी चाहिएः ९८४९९८५९९७, ९८६२४३६०४९ ninamkirat123@gmail.com

 

 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्