Logo

कोरोनाबाट जोगाइराख्न सफल राष्ट्रमा पनि पहिलो ‘लकडाउन’


विगतमा आफूलाई कोरोनाभाइरसबाट जोगाइराख्न सफल प्रशान्त महासागरीय टापु राष्ट्र किरिवाटीमा शनिबार पहिलोपटक ‘लकडाउन’ गरिएको छ ।

अन्तर्राष्ट्रिय उडानबाट त्यहाँ आइपुगेका एकजना यात्रुमा कोभिड–१९ पोजिटिभ देखिएपछि शनिबार सरकारले २४ घण्टे कर्फ्यु जारी गरेको हो ।

यसै महिनाको सुरुमा पनि विश्वकै सबैभन्दा विकट टापु राष्ट्र किरिवाटीमा गत वर्षको मे महिनामा एउटा पानीजहाजबाट फर्केका दुई व्यक्तिमा कोरोनाभाइरस संक्रमण देखिएको थियो ।

उनीहरूलाई जहाजमै क्वारेन्टिनमा राख्ने व्यवस्था गरिएको थियो ।

नयाँ स्वास्थ सुरक्षा उपाय नियमानुसार सामाजिक जमघटमाथि प्रतिबन्ध लगाइनुका साथै मानिसलाई अत्यावश्यक स्थित्तिमा बाहेक घरबाट बाहिर ननिस्कन निर्देशन दिइएको छ ।

अस्पताल, प्रहरी र अरू अत्यावश्यक सेवाबाहेक अधिकांश सरकारी कार्यालय र संघ–संस्थाहरू पनि बन्द गर्न निर्देशन दिइएको छ ।

कोरोनाबाट सुरक्षित राख्न बन्द गरिएको यस मुलुकको सिमाना यसै महिना मात्र खुला गरिएको हो ।

करिब एक साताअघि ३६ यात्रु बोकेर फिजिबाट आइपुगेको उडानमा रहेका एक व्यक्ति संक्रमित भेटिएको हो ।

चालकदल समेत गरी सो उडानबाट आएका ५४ जनालाई नै क्वारेन्टिनमा राखिए पनि क्वारेन्टिन केन्द्रका एकजना सुरक्षा गार्डलगायत कम्तीमा अरू चारजनामा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । एजेन्सी

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्