किरातीहरुको उत्पती मिथक : संसारमा सृष्टि
शिजन नाछिरिङ
नायाम्मा (सुम्निमा) बोजु परापूर्व कालमा पृथ्वीमा उत्पति हुनुभयो । त्यस कालसम्म मानवको सृष्टि भएको थिएन । सुम्निमा बोजुले यो संसारमा सृष्टि गराउने विचार गर्नुभयो । स्वर्ग र पृथ्वीमा घुमिरहने एउटा कलिया चरा थियो । उसलाई स्वर्ग र पृथ्वी सबै ठाउँका बारेमा जानकारी थियो ।
पारुहप बाजे स्वर्गमा बस्नुहुन्थ्यो र सीप गर्नमा एकदमै निपुण हुनुहुन्थ्योे । थुन्से, डालो, फिपी इत्यादि सामग्री कुशलतापूर्वक बनाउनु हुन्थ्यो । पारुहप बाजेले पृथ्वीमा नायाम्मा बोजुलाई एकदिन सम्झनु भएछ । यो मेरो सीप पृथ्वीको बोजुलाई मनपर्छ पर्दैन लगेर देऊ त भनेर कलिया चरालाई पठाइदिनु भएछ । कलिया चराले पनि बाजेले बनाएको सीप बोजुकोमा लगेर भनेछ – “बोजु, पारुहप बाजेले सीप पठाउनु भएको छ, मन पर्छ पर्दैन हेर्नु अरे ।” बोजुले सीप हेर्नु भएछ । सीप हेर्दा त अति नै राम्रो लागेछ । सीप त यति राम्रो छ भने झन पारुहप बाजे कति राम्रो हुनुहुन्छ होला भनेर कल्पना गर्नु भएछ ।
“पारुहप बाजे कस्तो हुनुहुन्छ ल्याउनू म हेर्छु” भन्नु भएछ । नायाम्मा (सुम्निमा) बोजुका कुरा सुनेर कलिया चराले पारुहप बाजेकोमा पुगी बोजुका कुरा सुनाइदिएछ । खबर सुनेर पारुहप बाजेले “म यस्तो रगत पिपले भरिएको छु, मलाई देखेर घिनाउँछ म जान्न गएर बोजुलाई सुनाइदिनू” भन्नुभयो । कलिया चराले पनि नायाम्मा बोजुकामा झरेर पारुहप बाजेले भनेका सम्पूर्ण कुरा सुनाइदियो । नायाम्मा बोजुले भन्नुभयो, “म घिनाउँदिन लिएर आउनू ।” कलिया चरा पनि पारुहप बाजेकामा गएर पृथ्वीको बोजु घिनाउनु हुन्न अरे लिएर आउनू भन्नुभएको छ, भन्यो ।
पारुहप बाजेले “यो बिमार दश महिनापछि आफैँ निस्केर जान्छ अरे भनेर बोजुलाई सुनाइदिनू” भन्नुभयो । कलिया चराले पनि नायाम्मा बोजुकामा झरेर बाजेले भनेको कुरा सबै सुनाइदियो ।
यति भनेर कलिया चराले पारुहपबाजेलाई बोकेर पृथ्वीमा नायाम्मा बोजुका सामुन्ने ल्याएर देखाइदिएछ । बोजुले पारुहप बाजेलाई रगतपिपले भरिएको र घाउखटिरासरिको डरलाग्दो देख्नुभएछ । बोजुले घिनाएर कलिया चरालाई जहाँ थियो उहाँ नै पु¥याई देऊ भन्नुभयो । नायाम्मा (सुम्निमा) बोजुका कुरा सुनेर पारुहप बाजे सा¥है इखिनु भयो ।
जानुभन्दा अगाडि पारुहप बाजेले चिलाउनेको टोड्कामा वीर्यसहित पिसाब गरिराख्नु भएछ । त्यसपछि कलिया चराले बाजेलाई आफ्नो ठाउँमा पु¥याइदिएछ । पारुहप बाजे रिसाएको कारण पृथ्वीमा १२ महिना सुख्खा खडेरी प¥यो । नदीनाला, खोला, कुवा सबै सुख्खा भए । नायाम्मा बोजुलाई अति नै तिर्खा लाग्यो र कलिया चरालाई मलाई तिर्खा लाग्यो पानी खोजेर ल्याऊ भन्नु भयो । त्यो समय पानी सबैतिर सुकिसकेको थियो र अन्त्यमा चिलाउनेको रुखको टोड्काभित्र अलिकति पानी भेट्टायो र त्यही पानी मुखमा लगाई बोक्छु भन्दा आफैं पटकपटक निलिहाल्यो ।
अन्तिममा पुच्छर चोबेर टोड्काको पानी लग्यो । कलिया चराले पुच्छरले छर्कंदा त्यो पानी नायाम्मा बोजुका मुख र अन्य शरीरमा परेपछि बोजुलाई पानीको तिर्खा मेटियो । केही समयपछि बोजुलाई त्यो पानी पिएकाले बिमार लाग्न थाल्यो । एक दिन कलिया चरालाई बोलाएर भन्नुभयो– “म बिरामी छु मेरो जोखना पारुहप बाजेकोमा लगिदेऊ” ।
कलिया चराले पनि जोखना लगेर देखायो । पारुहप बाजेले “यो बिमार दश महिनापछि आफैँ निस्केर जान्छ अरे भनेर बोजुलाई सुनाइदिनू” भन्नुभयो । कलिया चराले पनि नायाम्मा बोजुकामा झरेर बाजेले भनेको कुरा सबै सुनाइदियो ।