पशुको खोप आफूहरूलाई दिइएको भन्दै मुद्दा दायर
अमेरिकाको अर्कान्सस राज्यको एउटा कारागारका कैदीहरूको एक समूहले घोडालाई जुका लागेको बेला दिइने इभरमेक्टिन नामक औषधि आफूहरूमाथि कोभिड–१९ उपचारको क्रममा प्रयोग गरिएको भन्दै न्यायका लागि अदालत पुगेको छ ।
अत्यन्तै थोरै डोजमा मानव शरीरमाथि यसको प्रयोग गर्ने अनुमति छ । तर, स्वास्थ्य अधिकारीहरूले कोभिडविरुद्ध यसलाई प्रयोग नगर्न चेतावनी नै दिएका थिए ।
कोभिडविरुद्धको खोपविरोेधी अभियन्ता र षड्यन्त्र सिद्धान्तवादीहरूले इभरमेक्टिन खोपलाई कोभिडविरुद्धको खोपका विकल्पको रूपमा प्रचारप्रसार गर्दै आएका थिए ।
तर, खोप दिने डाक्टरले भने आफूले ती कैदीलाई जबर्जस्ती खोप नदिएको दाबी गरेका छन् ।
अमेरिकी नागरिक स्वतन्त्रता संघ (एसीएलयू)ले अदालतमा दायर गरेको यस सम्बन्धित मुद्दामा कैदीहरूले आफूहरूलाई कोभिड–१९ संक्रमण भएको अवस्थामा भिटामिन, एन्टिबडी र स्टेरोइड्स मिसाइएको ‘औषधिको ककटेल’ भन्दै यो खोप दिइएको गुनासो गरेका छन् ।
मुद्दा दायर गर्ने कैदीहरूमा एड्रिक फ्लोरियल–वूटेन, जेरेमिया लिटिल, जुलियो रहेका छन् ।
सो खोप लिने सबै कैदीलाई आँखा धमिलो हुने, झाडापखाला लाग्ने र पेट बाउँडिनेजस्ता समस्या देखिएको थियो ।
यस मुद्दामा प्रतिवादी बनाइएका वासिङटन काउन्टी जेलका काउन्टी सेरिफ टिम हेल्डर र स्वास्थ्य सेवा प्रदायक रोवर्ट कारासले मुद्दाका बारे कुनै प्रतिक्रिया जनाइसकेका छैनन् ।एजेन्सी