Logo

एक महिलाले आफूसँग यौनसम्पर्क राख्न झुटो विवरणको सहारा लिएको भन्दै २८ लाख डलर क्षतिपूर्तिको माग


जापानमा एक महिलाले आफूलाई गर्भवती बन्न सहयोग गर्ने वीर्यदाता पुरुषविरुद्ध क्षतिपूर्तिको माग गर्दै मुद्दा दायर गरेकी छन् ।

ती महिलाले वीर्यदाताले आफ्नो सामाजिक प्रतिष्ठा, शैक्षिक पृष्ठभूमि र जातीयताबारे झुटो बोलेको आरोप लगाएकी छन् ।

परिचय नखुलाइएकी तथा राजधानी टोक्यो निवासी ३० वर्षीया ती महिलाले भनेकी छन्, ‘म र मेरो पति दोस्रो बच्चा जन्माउन चाहन्थ्यौँ ।

तर, मेरो पतिको आनुवंशिक समस्या भएको चाल पाएपछि हामी चिन्तामा पर्‍यौँ ।’ त्यसपछि यस दम्पतीले वीर्यदाताको खोजी गर्न थाले ।

सामाजिक सञ्जालमार्फत उनीहरूले जापानको प्रतिष्ठित क्योटो विश्वविद्यालयबाट स्नातक गरेको बताइएका एक २० वर्षीय वीर्यदाता युवक भेट्टाए ।

उनले आफूलाई अविवाहित जापानी नागरिक भनेर चिनाएका थिए ।

ती युवकसँग करिब १० चोटि यौनसम्पर्क राखेपछि उनी अन्तत सन् २०१९ को जुनमा गर्भवती बन्न सफल भइन् ।

तर, पछि उनले ती युवक जापानी नभई एक विवाहित चिनियाँ भएको र उनले कहिल्यै क्योटो विश्वविद्यालयमा पनि नपढेको तथ्य फेला पारिन् ।

बच्चा जन्माइसकेपछि यस दम्पतीले बच्चालाई अस्वीकार गरे । अहिले त्यस बच्चालाई टोक्योस्थित एउटा शिशु स्याहार केन्द्रमा राखिएको छ ।

ती महिलाले उनले आफूसँग यौनसम्पर्क राख्न झुटो विवरणको सहारा लिएको बताएकी छन् ।

साथै, उनले आफूलाई भावनात्मक चोट पुर्‍याएबापत ती युवकसँग करिब २८ लाख अमेरिकी डलरको क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेकी छन् ।

जापानको ‘थाहा पाउने अधिकार’ कानुनानुसार वीर्यदाताले जैविक अभिभावकहरूलाई चिन्ने अधिकार छ ।

तर, वीर्यदान मामिलामा अनावश्यक झैझमेलाहरू आइपर्ने डरले अधिकांश वीयर्दाता भने आफ्नो परिचय गोप्यै राख्न रुचाउँछन् ।

जापानमा सामाजिक सञ्जालमार्फत वीर्यदाता खोज्ने दम्पतीको संख्या बढ्दै गएको छ ।

अहिलेसम्म १० हजार बालबालिकाको वीर्यदानकै सहयोगमा जन्म भइसकेको सरकारी तथ्यांक छ ।एजेन्सी

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्