राजनीतिक समन्वय समितिको बैठकमा के निर्णय भयो ?
सत्ता गठबन्धनका नेताहरूबीच स्थानीय तहको निर्वाचन संवैधानिक व्यवस्थाअनुसार गर्ने सहमति भएको छ ।
आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको राजनीतिक समन्वय समितिको बैठकमा समयमा नै निर्वाचन गर्ने सहमति जुटेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
“स्थानीय तहको निर्वाचन समयमा नै सम्पन्न गर्ने । संविधनामा व्यवस्था भएअनुसार नै निर्वाचन गर्ने,” उनले भने ।
त्यस्तै, राष्ट्रियसभा निर्वाचनमा कोभिड–१९ लाई मध्यनजर गर्दै गठबन्धनको विजयलाई सुनिश्चित गर्ने विषयमा पनि छलफल भएको उनले बताए ।
स्थानीय तहको निर्वाचनका विषयमा आयोगसँग परामर्श भइरहेको र अझै पनि परामर्श गर्ने उनले बताए ।