नेप्से बढ्दा ९ अर्बमाथिको कारोबार
साताको पहिलो दिन आज सेयर बजार बढेको छ। आइतबार नेप्से परिसूचक ६९ अंकले बढेर २९२६.७४ विन्दुमा पुगेको छ।
आज कारोबारमा आएका कम्पनीहरूमध्ये १६७ कम्पनीको सेयर मूल्य बढेको छ भने १६ कम्पनीको मूल्य घटेको छ। बाँकी ६ कम्पनीको मूल्य स्थिर छ।
दिनभरमा २२९ कम्पनीको १ करोड ८२ लाख ५४ हजार ४२५ सेयर किनबेच हुँदा ९ अर्ब ६७ करोड ६३ लाख १७ हजार ५९ रुपैयाँ ६ पैसाको कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ उपसमूहमध्ये सबै उपसमूहको सूचक सकारात्मक देखिएको छ। त्यसमध्ये सबैभन्दा धेरै म्यानुफ्याकचर एन्ड प्रोडक्सन्को ५.६२ अंकले बढेको छ।
आज स्ट्यान्डर्ड चार्टर्ड बैंकको मूल्य १० प्रतिशतले बढेको छ। यता, मध्य-भोटेकोशी जलविद्युत कम्पनीको ९.९९ प्रतिशत बढेको छ भने किसन लगुवित्त वित्तीय संस्थाको सेयर ९.९४ प्रतिशतले बढेको छ।
नेपाल स्टक एक्सचेन्जकाअनुसार आज अरुन भ्याली हाइड्रोपावर लिमिटेडको सबैभन्दा धेरै सेयर कारोबार भएको छ।
कम्पनीले ३६ करोड ४३ लाख १७ हजार ५३१ रुपैयाँ ७० पैसाको कारोबार भएको हो।
यसपछि, अपि पावर कम्पनीको ३० करोड ४४ लाख ४५ हजार १५१ रुपैयाँ ४० पैसा, अपर-तामाकोशी हाइड्रोपावर लिमिटेडको २९ करोड ७४ लाख ६ हजार ९२१ रुपैयाँ, शिवम् सिमेन्टको २६ करोड ३३ लाख ७८ हजार ६२२ रुपैयाँ ७० पैसा, निफ्राको २५ करोड ४१ लाख ५१ हजार ९५७ रुपैयाँ १० पैसाको कारोबार भएको छ।