राप्रपाद्वारा लिपुलेक कालापानीमा भारतले सडक निर्माण गरिरहेकोप्रति आपत्ति जनाउदै विज्ञप्ति जारी
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाली भूमि लिपुलेक कालापानी क्षेत्रमा भारतले एकतर्फी रुपमा सडक निर्माण गरिरहेको भन्दै आ’पत्ति जनाएको छ ।
कालापानी लिपुलेक नेपाली भूमि भएको भन्दै राप्रपाले आफ्नो भूमि माथि भइरहेको अ’तिक्रमण र ह’स्तक्षेपका विरुद्ध नेपाल सरकारले प्रतिवाद गर्नुपर्ने बताएको छ ।
“नेपाली भूमि लिपुलेक कालापानी क्षेत्रमा भारतले एकतर्फी रुपमा सडक निर्माण गरिरहेको र केही दिन अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सो कुराको खुलासा गर्नुभएको विषय ग’म्भीर, आ’पत्तिजनक र नेपाली सार्वभौमिकताको विरुद्धमा छ,” राप्रपाले आज एक विज्ञप्ति जारी गर्दै भनेको छ, “कालापानी लिपुलेक नेपाली भूमि हो ।
आफ्नो भूमि माथि भइरहेको अ’तिक्रमण र ह’स्तक्षेपका विरुद्ध नेपाल सरकारले प्रतिवाद गर्नुपर्दछ ।”
भारतले सार्वजनिक रुपमा सडक निर्माण गरिरहेको अभिव्यक्ति दिइरहँदा नेपाल सरकार र सत्तारूढ गठबन्धनको आश्चर्यजनक मौनता दुःखद् र रहस्यमय भएको राप्रपाको ठहर छ ।
“नेपाली भूमिमा भइरहेको ह’स्तक्षेपका बारे नेपाल सरकारले भारतसँगग कुटनैतिक र राजनीतिक तहको संवादमार्फत तत्काल निर्माण कार्य रोक्न र आफ्नो भूमिको रक्षा हुने गरि समाधान निकाल्न नेपाल सरकार समक्ष राप्रपा जोडदार माग गर्दछ,” विज्ञप्तिमा उल्लेख छ ।