राति सञ्चालन हुने डान्स बार, दोहोरी व्यवसाय पूर्ण रुपमा बन्द गर्न मन्त्रिपरिषद्को निर्णय
कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ओमिक्रोनसहित कोरोना महामारीको तेस्रो लहर नियन्त्रणका लागि सरकारले नयाँ आदेश जारी गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद्कोे बैठकले जारी गरेको नयाँ आदेश अनुसार रात्रिकालीन व्यवसाय बन्द गरिने भएको छ।
राति सञ्चालन हुने डान्स बार, दोहोरी जस्ता व्यवसाय पूर्ण रुपमा बन्द गरिने भएको हो ।
यसैगरी, सिनेमा हलहरुमा ५० प्रतिशत दर्शक राखी सामाजिक दूरी कायम गरी सञ्चालन गरिने निर्णय भएको बताइएको छ ।
त्यस्तै, राति सञ्चालन हुने रेष्टुरेन्ट भने सामाजिक दूरी कायम गरेर सञ्चालन गर्न पाइने भएको छ ।