Logo

राजसंस्था र हिन्दुराष्ट्रको मुद्दालाई स्थापित गर्न सदन र सडकमार्फत संघर्ष गर्छु – लिङ्देन


राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा कुनैपनि विभेद नगरेको बताएका छन् ।

बुधबार पार्टी कार्यालय धुम्बाराहीमा मनोनीत केन्द्रीय सदस्यहरूको शपथ गराउँदै अध्यक्ष लिङ्देनले आवश्यकताअनुसार आफूले पार्टीका नेताहरूलाई केन्द्रीय समितिमा ल्याएको बताए ।

मनोयनका विषयमा केही भ्रम आएको भन्दै उनले आफूले विधानअनुरूप समावेशीतालाई पूर्णता दिने पनि बताए ।

उनले असन्तुष्ट पक्षलाईसमेत समावेश गरेर पार्टीलाई विवादरहित बनाउने बताए ।

लिङ्देनले राजसंस्था, हिन्दुराष्ट्रको मुद्दासँगै मुलुकको अन्य मुद्दालाई पनि स्थापित गर्न सदन र सडकमार्फत संघर्ष गर्ने बताए ।

पार्टीका पूर्व अध्यक्ष कमल थापाले केन्द्रीय सदस्य मनोनयन गर्दा एक्लौटी भएको आरोप लगाएका थिए ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्