अतिरिक्त शुल्क लिएको भन्दै केएमसीविरुद्ध विद्यार्थी सडकमा
काठमाडौँ मेडिकल कलेज (केएमसी) विरुद्ध विद्यार्थी सडका उत्रिएका छन्।
कलेजले सरकारले तोकेको भन्दा बढी शुल्क लिएपछि शुल्क फिर्ताको माग गर्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।
एमबीबीएसमा तोकिएभन्दा अतिरिक्त विभिन्न शीर्षकमा ३० लाखसम्म र बीडीएसतर्फ १० लाख रुपैयाँ अतिरिक्त शुल्क लिइएको भन्दै कलेज सञ्चालकलाई कारबाहीकाे माग गर्दै विद्यार्थीले प्रदर्शन गरेका हुन् ।
काठमाडौँको सिनामंगलस्थित क्याम्पसको गेटअगाडी विद्यार्थीहरूले सुरु गरेको रिले अनशनमा समर्थन जनाउँदै संयुक्त विद्यार्थी संगठनको अगुवाइमा प्रदर्शन गरिएको हो ।