नेप्से एक सातामा ३०९ अंकको वृद्धि
सेयर बजारमा मंगलबार पनि उच्च अंकको वृद्धि भएको छ ।
आज उत्पादनमुलक समूहबाहेक कारोबार भएका अरू सबै समूहमा वृद्धि आएसँगै नेप्से दोहोरो अंकले बढेको हो ।
आज ४९.१९ अंकले बढेर नेप्से २८३४.१३ विन्दुमा पुग्यो । योसँगै पछिल्लो ८ कारोबार दिनमा नेप्से ३०९ अंक बढीले बढेको छ ।
जीवन बीमा समूहमा सबैभन्दा बढी ५९७ अंकको वृद्धि आयो ।
यस्तै, निर्जीवन बीमा समूहमा ३३६ अंकको वृद्धि आउँदा लघुवित्त समूहमा पनि २०६ अंकको वृद्धि आयो ।
विकास बैंक, वित्त, होटेल समुह पनि १०० अंक बढीले बढे भने उत्पादनमुलक समूहमा ३१ अंकको गिरावट आयो ।
आज २३२ कम्पनीको एक करोड १९ लाख कित्ता सेयर ६ अर्ब ७२ करोड रुपैयाँ बराबरमा खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
यसदिन १७० कम्पनीका सेयरधनीले कमाए । १९ कम्पनीको सेयर मूल्य घट्यो भने १ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।