Logo

पृथ्वीनारायण इतिहासको आवश्यकता र आकस्मिकताका उपज हो – डा. भट्टराई


जनता समाजवादी पार्टी (जसपा)को संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले पृथ्वीनारायण शाहको देवत्वकरण र दानवीकरण दुवै गर्न नहुनेमा जोड दिएका छन् ।

सोमबार ट्विट गर्दै उनले पृथ्वीनारायण ‘इतिहासको आवश्यकता र आकस्मिकताका उपज’ भएको बताएका छन् ।

“पृना शाहको देवत्वकरण र दानवीकरण दुवै नगरौँ ! उनी इतिहासको आवश्यकता र आकस्मिकताका उपज हुन् ।

कविलाई समाजको पहिले सामन्ती केन्द्रीकरण भएर नै पछि पुँजीवाद जन्मने हो,” उनले लेखेका छन्, “अब समाजवादी रूपान्तरणको नयाँ युगमा बहुजातीय केन्द्रीकृत राज्यलाई संघीय पुनर्संरचना गर्नैपर्छ भन्ने बुझौँ । चुरो कुरो यो हो !”

पृथ्वीनारायण इतिहासको आवश्यकता र आकस्मिकताका उपज हो – डा. भट्टराई

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्