जगजीतले गरे राष्ट्रिय फुटबल टोलीको प्रशिक्षणमा ‘इन्ट्री’
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले त्रिभुवन आर्मीका मिडफिल्डर जगजीत श्रेष्ठलाई बोलाएका छन् ।
नेपालले २९ जनवरी र १ फेब्रअरीमा मरिससविरुद्ध दुई अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेल्दैछ ।
त्यसका लागि अल्मुताइरीले पुस १९ गते ३४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् ।
बन्द प्रशिक्षणमा बोलाइएको त्रिभुवन आर्मीका मिडफिल्डर सन्तोष तामाङ घाइते भएपछि अल्मुताइरीले जगजीतलाई बोलाएका हुन् ।
पछिल्लो समय अष्ट्रेलिया बस्दै आएका जगजीत सहिद स्मारक ‘ए’ डिभिजन लिग खेल्न नेपाल आएका थिए । लिगमा जगजीत त्रिभुवन आर्मीको मुख्य खेलाडी बनेका छन् ।
मुख्य प्रशिक्षक अल्मुताइरीले च्यासल युथका आशिष राई पनि बन्द प्रशिक्षणमा बोलाएका छन् ।
अल्मुताइरीले जारी सहिद स्मारक ’ए’ लिगमा गरिएको प्रदर्शनका आधरमा प्रशिक्षकले खेलाडीलाई प्रारम्भिक छनोटमा बोलाएका हुन् ।
तर, उनी आफैँले भने लिगमा ६ चरणका खेल सकिँदासम्म नेपालमा थिएनन् ।
उनले साविक विजेता मछिन्द्रबाट सबभन्दा धेरै ७ खेलाडीलाई बोलाएका छन् । त्यसपछि मनाङ मर्स्याङदी र त्रिभुवन आर्मीको समान ४ खेलाडी छन् ।



