१६ कि खम्बु कि १० ‘राई !’ ?
–निनाम लोवात्ती
नेपालको सन्दर्भमा ‘राया’/‘राय’ वा ‘राई’ शब्दको व्यापक प्रयोग कहिलेदेखि भयो ? भन्ने सम्बन्धमा इतिहास हेर्ने हो भने, नेपालमा ‘राया’/‘राय’ वा ‘राई’ शब्दको प्रयोग सेन शासनकालभन्दा परसम्म गएको जस्तो देखिदैन । हुन पनि सेनकालमा हालको ‘प्रधानमन्त्री’ वा ‘मन्त्री’सरहको ‘राया’/‘राय’ वा ‘राई’ पद पाएका बुद्घिकर्ण ‘राया’ वा ‘राय’ अथवा ‘राई’ अहिले तेह्रथुम जिल्लामा पर्ने ‘छ–थर भेग’का एक थरी लिम्बु (खेवा लिम्बु) हरुको वंश वा भनौं पूर्खा भएको प्रमाणित भएको देखिन्छ ।
यसरी इतिहास हेर्दा असलियतमा ‘राया’ वा ‘राय’ अथवा ‘राई’ शब्दले ऊ वेला कुनै जात वा जाति नजनाएर (शाह राजाहरु र श्री ३ महाराज÷राणा) शासकहरुले नेपालको भगौलिक एकीकरणपछि पूर्वमा एकै रहेको किरात भूगोललाई समेत फुटाएर वल्लो किरात, माझ किरात र पल्लो किरात (लिम्बुवान) बनाउनुका साथै ती भूगोलका किरातीका सन्तान (स्थानीयस्तरका सरदार !) हरुलाई स्थानीयस्तरका ‘छोटे राजा’ वा ‘शासक’ बनाउन विभिन्न पदवी र पगरीहरु सिर्जना गर्दै दिईएको पदव वा पगरी जस्तै वल्लो किरातका कोईँच (सुनुवार) लाई ‘मुखिया’, माझ किरातका कुलुङलगायत खम्बुका अन्य सन्तानहरुलाई ‘राया’/‘राय’ वा ‘राई’ र पल्लो किरात (लिम्बुवान) का लिम्बु र लाप्चालाई ‘सुब्बा’ पदवी र पगरी दिईयो । स्मरण रहोस्, यस्तो पदवी र पगरी पनि खालखालका हुन्थे । जस्तै ५ पगरी, ९ (यो पंक्तिकारले हालको खोटाङ जिल्लाको तत्कालीन नेर्पा गाउँ पञ्चायतको विभिन्न गाउँ हेर्ने ‘९ पगरी’को राईको कान्छो छोरो ललितपुरको मानभवन, थसीखेल, तिखेदेवल, नखीपोट एरियामा भेटेको छ । यहाँ कान्छो छोरो नै किन भनिएको हो भने, राजा मरेपछि राजाको जेठो छोरो मात्रै राजा भएजस्तै ‘राई’ मरेपछि ‘राई’ को जेठो छोरो नै राई हुन्थ्यो ।), पगरी १२, पगरी १६, …, …, पगरी हुँदै ५२ पगरीसम्मको( ठूलो पदवी र पगरी) पाएको ‘राई’ वा त्यस्ता राईका जेठो छोरोहरु ब्रगेल्ती भेटिन्छ । त्यस्तै ’सुब्बा’ पनि सानो सुब्बा (बडा दसैँको महानवमीको दिन मौलोमा बोका मात्रै मार हान्न पाउने), सानो सुब्बा र, ठूलो सुब्बा अर्थात् मौजे सुब्बा मौलोमा राँगा मार हान्न पाउने सुब्बा थिए । ‘मुखिया’को त कुरै नगरौं । किनभने, पछिल्लो समयमा जुनसुकै जात वा जातिका मानिसहरु पनि ‘मुखिया’ भएका थिए । त्यसरी जुनसुकै जात वा जातिका मानिसहरु ‘मुखिया’ हुने क्रममा खोटाङ जिल्लामा रोका क्षेत्री पनि ‘मुखिया’ भएका थिए । यसबारेमा थप पुस्टिका लागि हेर्नुहोस्, लेखक हरि रोकाले २०६० मा हिमाल खबरपत्रिकामा लेखेको एक अनुभूतिजन्य लेख । जुन लेखमा हरि रोकाले आप्mनो ‘मुखिया’ बाबुका बारेमा लेखेका छन् ।
हुन पनि किरातीहरुको वंशावलीको सन्दर्भमा भन्नु पर्दा गोपाल राज वंशावली अनुसार ३२ पुस्ता, डेनियल राइटको वंशावली अनुसार २९ पुस्ता, जीपी सिंहका अनुसार २९ पुस्ता, कर्कपेट्रिकको वंशावली अनुसार २७ पुस्ता, सिल्भँ लेभीका अनुसार २८ पुस्ता, इतिहास प्रकाशन अनुसार २५ पुस्ता, डा. स्वामी प्रपन्नचार्यका अनुसार २८ पुस्ता र सुब्बा प्रेमबहादुर माबोहाङका अनुसार २८ पुस्ता, धरणीधर दाहलका अनुसार ३५ पुस्ता र भुपेन्द्रनाथ शर्मा ढुंगेलका अनुसार ३३ पुस्ता किराती राजाहरुले (काठमाडौ उपत्यकामा) राज्य चलाएका थिए । भनिन्छ, यसबाहेक पनि एसियाको विभिन्न क्षेत्रहरुमा किरातीहरुले शासन चलाइआएका थिए । हालको भारत र नेपालका भू–भागहरुमा नै पनि किरातहरुको अनेक संंप्रभु सम्पन्न राष्ट्रहरु अस्तित्वमा थिए । तर, आजभोलि भने, किराती महाजातिभित्रका खम्बुका सन्तानहरु धेरै जसो नेपालका अन्य जात वा जातिहरुमाझ ‘राई !’ भनी चिनिन थालेका छन्, जुन कुरो माथि नै पनि उल्लेख भएको छ । उनीहरु सबै ! आप्mनो असली जातीय स्वपचिान जानेर र बुझेरभन्दा भीडको राजनीति गर्न (जनसंख्या र भीड देखाएर फाइदा लिन÷दिन) ‘राई !’ भएका छन्, अरुलाई पनि ‘राई !’ बन्न बलजप्mती गरेका छन् । उदाहरणका लागि विसं २०६८ को राष्ट्रिय जनगणनामा अलग्गै जातिका रुपमा आएका कुलुङ जातिलाई ‘राई !’ जातिमा गाभ्ने असफल प्रयास गरी रहेका छन् ।
‘राई !’ के हो ? भन्ने बारेमा नेपालका मै हुँ भन्ने बुद्घिजीवी, विश्लेषक, लेखक, प्रा., डा., प्राडा, …विद, …विज्ञ, … आदि समेत प्रस्ट छैनन्, उनीहरु समेत ‘राई !’ शब्दले नेपालका जात वा जाति जनाउँथ्यो कि, पदवी वा पगरी मात्रै ?’ भन्ने बारेमा स्पष्ट छैनन्, बुझेका छैनन् । खासमा ‘राई !’ शब्दको व्युत्पत्ति ‘राय’ हो । ‘राय’ भन्नाले त्यो वेला कर्णालीतिर ‘राजा’ भन्ने अर्थ लाग्थ्यो । त्यस्तै ‘राई !’ पदवी वा पगरी बढीमा सेनकालदेखि मात्रै प्रचलनमा आएको भन्ने भनाइ रहेको छ । वास्तविक तथ्य पनि त्यही नै हो । यसरी नेपालको भगौलिक एकीकरणपछि पूर्वका किरातीहरुलाई, खासगरी केही मुख्खेली व्यक्तिहरुलाई ‘छोटे राजासरह’को मान्यता दिएर ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’ आदि पदवी वा पगरी दिएर सत्तत्रालाई टिकाऊ बनाउन निरन्तरता दिईएको हो । भन्न त कसै–सैले ‘१० राई १० चुलो’ पनि भन्ने गरेका छन् । तर, ‘१० राई १० चुलो’लाई मान्ने नै हो भने पनि ‘भूमि सुधार ऐन–२०२१’ गाउँगाउँ, टोलटोलमा लागू हुनुअघि ‘रैती वा ढाक्रे’हरु (अहिलेको भाषामा भन्नुपर्दा जनता) ले आप्mनो नामको पछाडि ‘राई !’ लेख्दा वा भन्दा असली ‘राई !’ले किन ठिँगुरोमा हाल्थे ? किन जरिवाना गर्थे ? यसको मतलब के थियो भने असली ‘राई !’ले केन्द्र सरकारसँग ‘वार्षिक रुपमा यत्तिसम्म (रकम तोकेर) जिमी–भूमि कर, ठेकी–बेठी, बेठ–बेगार, सिर्ताे, आदिको कर तिर्न सक्छु सरकार !’ भनेर निवेदन वा चिठी लेखेर मात्रै राई, सुब्बा, मुखिया, देवान, चौधराई, पटवारी, गोवा आदि पदहरु पाइन्थ्यो । फलतः पछि गएर किरातहरुको क्षेत्रमा गैर किरातहरु पनि सुब्बा, राई, देवान, मुखिया (विशेषतः मुखिया) हुन थाले । यसको ज्वलन्त उदाहरण भनेको सोलुखुम्बु जिल्लाको सोताङ गाउँ पञ्चायतमा शिवबहादुर र दीपबहादुर बस्नेत (दाजुभाइ) हरु राई/मुखिया भएका थिए । स्मरणीय छ, शिवबहादुर र दीपबहादुर बस्नेत (दाजुभाइ) हरु विसं २०३३/०३४/०३५ तिर राई÷मुखिया भएका थिए । उनीहरु हाल सुनसर जिल्लामा बसाई सरेर गएका छन् ।
यसरी पद वा पदवीको अरु उदाहरण दिनु पर्दा हाल ‘प्रधानमन्त्री’ केपी शेरबहादुर देउवालाई लिन सकिन्छ । जसरी ‘प्रधानमन्त्री’ शेरबहादुर देउवाको नामको अगाडि नै ‘प्रधानमन्त्री’‘प्रधानमन्त्री’ शेरबहादुर देउवा भनी पद जोडिन्छ, त्यसरी नै राई, सुब्बा, मुखिया, देवान, पटवारी, चौधरी/चौधराई आदि पद पाउने व्यक्तिहरुको पनि नामको अगाडि नै पद जोडेर लेख्ने गरिन्थ्यो । फेरि बढीमा सेन वा शाह–राणाहरुको शासनकालदेखि मात्रै नेपालमा स्थानीयस्तरका केही सीमित व्यक्ति (मुख्खेली) हरुले मात्रै आप्mनो नामको अघि नै (हाल प्रधानमन्त्री केपी शर्मा ओली वा भूतपूर्व प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठ भने जस्तै) ‘राय’ भुपालसिंह ‘ज्यमी’ भनी लेख्थे । साथै यो ‘राय’/‘राई !’ शब्द पञ्चायती व्यवस्थामा मात्रै रैती दुनियाँ ! (सर्वसाधारण जनता) ले आप्mनो नामको पछाडि लेख्न पाएका थिए, त्यो पनि भूमिसुधार ऐन–२०२१ गाउँगाउँ, टोलटोलमा व्यापक रुपमा लागू भएपछि । हुन त यो देशमा ‘राई !’ मात्रै नभएर उमराव, काजी, मुख्तियार, मीर सुब्बा, सुब्बा, मुखिया, चौधरी, दिवान/देवान, डिठ्ठा, हुक्के, बडागुरु ज्यु, पण्डित, बैठके, खजाञ्जी, मुन्सी, कपरदार, थरी, कारबारी, गौरुङ, माथा, करता, बैदार÷बहिदार, तोहले आदि पदवी वा पगरी पाएका मान्छेहरु पनि प्रशस्तै थिए ।
तर, ‘राई !’ पदवी वा पगरी बाहेक उमराव, काजी, मुख्तियार, मीर सुब्बा, सुब्बा, मुखिया, चौधरी, दिवान÷देवान, डिठ्ठा, हुक्के, बडागुरु ज्यु, पण्डित, बैठके, खजाञ्जी, मुन्सी, कपरदार, थरी, कारबारी, गौरुङ, माथा, करता, बैदार÷बहिदार, तोहले आदि पदवी वा पगरी पाएका ती मानिसका सन्तान दरसन्तानहरुले चाहिँ किन आप्mनो जात वा जाति उमराव, काजी, मुख्तियार, मीर सुब्बा, सुब्बा, मुखिया, चौधरी, दिवान÷देवान, डिठ्ठा, हुक्के, बडागुरु ज्यु, पण्डित, बैठके, खजाञ्जी, मुन्सी, कपरदार, थरी, कारबारी, गौरुङ, माथा, करता, बैदार/बहिदार, तोहले आदि हो भनी लेखेनन् ?
त्यस्तै ‘सबै जातको पूmलबारी’ नामक किताबमा डोरबहादुर विष्टले लेखेअनुसार ‘…तिरो उठाउँदा जग्गाको नापअनुसर नउठाएर घरधुरीको आधारमा उठाइन्थ्यो । जसले गर्दा थोरै जग्गा हुने ‘राई !’ हरुलाई मर्का पथ्र्यो । त्यसैले ‘किपट
प्रथा’ र राई पगरी वा पदवी खारेज हँुदा धेरै जसो ‘राई !’ हरु नै खुशी …. ।’ त्यस्तै चाल्र्स म्याकडग्लसले लेखेको ‘द कुलङे राई’ नामक किताबमा पनि ठाउँठाउँमा ‘… राई … द चिफ एन्ड हेडमेन एप्पोइन्टेड वेर÷वेएर गिभन द टाईटल अफ ‘राई !’ (चिफ), ह्विच इभेन्च्युअल्ली केम टु बी एप्लाइड टु द एथ्निक ग्रुप ऐज अ होल । …’, ‘द राई … किपट ओनर÷ओवनर…’, इन दोज डेज राई मेन्ट÷मिन्ट चिफ एन्ड वाज नट डायग्नाभनी ेस्टिक अफ ग्रुप मेम्बरशीप …, लेखिएको छ । साथै सन् २००७ को ‘विश्व आदिवासी दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रश्नोत्तर–उत्तर सुरु भएपछि यो पंक्तिकारले ‘वास्तवमा राई जात होइन, राईलाई जाति मान्दा २२ भन्दा बढी किरातीहरुको जातीय स्वपहिचान र अस्तित्व मेटिन आँटेको छ !’ भन्दा भोजपुर जिल्लाको बोया गाउँका डा. शिवकुमार राईले ‘भाइ, तपाईले साह्रै रामो प्रश्न उठाउनु भयो, किनभने मेरा बाबु पनि ठूला राई थिए । भूमिसुधार ऐन लागू भएपछि जग्गा–जमीन रैती÷ढाक्रेको नाममा गर्नुपर्ने भयो । तर, मेरा असली ‘राई !’ बाबुले म पो ‘राई !’ यी मेरा रैती÷ढाक्रेहरु कसरी ‘राई !’ भनी बबाल गरेका थिए अरे !
हुन पनि कुलुङ जातिका अगुवाहरुले विसं २०५७÷०५८ देखि नै कुलुङ जाति अलग्गै जाति वा समुदाय हुन्, ‘राई !’ होइनन् भन्दै आएका हुन् । किनभने कुलुङ जातिभित्रै ३८० भन्दा बढी थर, उपथरहरु छन्, त्यसैले गर्दा नै कुलुङ–कुलुङबीचमै एकआपस्तमा विहेवारी चल्ने गरेको छ । नत्र कुलुङ–कुलुङबीचमै कसरी विवाहवारी चल्छ ? नेपालको कानुनअनुसार उनीहरुलाई हाड–नाता करणीको कानुन लाग्नुपर्ने होइन ?
त्यसो त कसैले ‘तपाई भनोस् कि नभनोस् आपैm मपार्इँ !’ भने जस्तो हुन्छ । किनभने, यो पंक्तिकारले पछिल्लो केही वर्षदेखि नेपालबाट प्रकाशित हुने विभिन्न पत्रपत्रिका र अनलाइन न्युज पोर्टल लगायत मिडियाहरुमा राई के हो ? भन्ने बारेमा फुटकर लेख रचनाहरु लेख्दै आएको छ । सो लेखहरुमा किराती महाजातिभत्रका विभिन्न उपजाति मानिएका ‘राई !’ जात वा जाति होइन भन्ने विभिन्न तथ्य–प्रमाण, आधार, सन्दर्भ–स्रोत, जानकार व्यक्तिहरुको भनाइ, उनीहरुले उपलब्ध गराएको कागजपत्र, विभिन्न विद्धानहरुले लेखेको किताब आदिको आधारसहित ‘राई !’ जात वा जाति होइन भनी मैले लेख्दै आएको छु । तापनि ‘कुलुङ जाति’लाई नेपालको अलग्गै जाति भनी ‘आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन–२०५८’ अन्तर्गत सूचीकृत नगरेको हुनाले जातीय स्वपहिचानको सम्बन्धमा समस्या हुने गरेको छ । राई जात वा जाति होइन भने तापनि ५९ आदिवासी जनजातिको सूचीमा ‘राई !’ को सूची पनि रहेकै छ ।
थप केही बुभ्mनु परेमाः ९८४९९८५९९७, ९८६२४३६०४९
ninamkirat123@gmail.com