Logo

कुलुङ चाड चाक्चाकूर र एकीकृत पाँचौ सम्मेलन सम्पन्न


–तुम्नो कुलुङ

गएको पुस १५, १६ र १७ गते कुलुङ जातिको नयाँ वर्ष यले दोङ ५०८२ र कुलुङ जातिको महान चाड ‘मीनारी–दाचाम् (चाक्चाकूर)’ एक नम्बर प्रदेशको सुनसरी जिल्लाको धरान नगरपालिकाको वडा नम्बर–५ देवीगाउँ (सेउतीपारि) मा धुमधामका साथ मनाइयो ।

सोही अवसरमा कुलुङ जातिको एक मात्र आधिकारिक संस्था ‘नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ (कूलू गूसखोम) को पाँचौ एकीकृत राष्ट्रिय सम्मेलन पनि सम्पन्न भएको थियो । यसरी कुलुङ जातिको नयाँ वर्ष यले दोङ ५०८२ र कुलुङ जातिको आधिकारिक संस्था ‘नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ (कूलू गूसखोम) को पाँचौ एकीकृत राष्ट्रिय सम्मेलनको उद्घाटन केन्द्र सरकार (संघीय सरकार) का संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ ज्युले कुलुङ जातिको परम्पराअनुसार काँसको भाँडोमा बिच्छु (अदुवा) र काउ (पानी) मिसाईएको पानीमा कटुसको स्यायली/स्याउला डुबाएर तीनचोटि छर्कदै उद्घाटन गर्नु भएको थियो ।

त्यसअघि माननीय मन्त्री ज्युको आगमन लगत्तै मन्त्री ज्यु, उहाँको सहयोगी, पिए तथा उहाँको सुरक्षामा घटिनु भएका प्रहरीको टोलीलाई पनि कुलुङ जातिको परम्पराअनुसार हाङ्मूवा (रक्सी) र नूर्मा (जाँडको निगार) प्रसाद (सगुन) स्वरुप खुवाइर्एएको (पिलाइएको) थियो ।

कुलुङ पाँचौ एकीकृत सम्मेलनले पुनः चन्द्रसिंह लोवात्तीको अध्यक्षतामा १३ पदाधिकारीसहित ३९ सदस्यीय नयाँ कार्य समिति निर्विरोध चयन गरेको छ । सो कार्य समतिमा यामकला कुलुङ, दौलत पीदीसै, सूर्य मान्थेर्बू, लाकपद सोम्फोरु र नीनाम लोवात्ती उपाध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ ।

त्यस्तै इन्द्र होनीत्ती महासचिव र दूर्गादास तोमोछा, प्रदीप होङेलू बीर्खराज थोरेप्पा र अजय रोतेम्बू सचिवमा निर्वाचित भएका छन् भने कोषाध्यक्षमा सम्झना बान्तावा कुलुङ र सह–कोषाध्यक्षमा डिल्ली तोमोछा चयन हुनु भएको छ । सोही अवसरमा ‘नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ (कूलू गूसखोम) को भगिनी संगठन ‘किरात कुलुङ महिला संघ (कूलू मीम्छा गूसखोम)’ को चौथो राष्ट्रिय सम्मेलन सम्पन्न भएको थियो । सम्मेलनले कञ्चन बान्तावा कुलुङलाई अध्यक्षमा निर्वाचित गरेको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्