Logo

ट्रम्पले युरोपेली गल्फ रिसोर्टमा १० करोड डलर गुमाए


गल्फ उद्योगका लागि महामारी उत्तम नै साबित भइरहेको छ । तरपनि यसले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको व्यवसायलाई चाहिँ फाइदा पुर्याउन सकेन ।

२०२० मा मात्र उनले विदेशमा रहेका तीनवटा गल्फकोर्टमा करोडौँ डलर गुमाएका छन् ।

त्यस्तै यसमा बेलायत र आइरिस रिसोर्टको हिसाब पनि जोड्ने हो भने उनले १० करोड डलर भन्दा बढीको घाटा व्यहोर्नु परेको वित्तिय फाइलिङ्समा जनाइएको छ ।

ट्रम्पको युरोपेली गल्फ व्यवसाय साधारण क्लब होइन । र कोभिड–१९ का बेलामा गल्फरहरुले सामाजिक दुरी अपनाउँदै खेल्न सक्ने भएपनि यसबीच मानिसहरुले टाढाका गन्तव्य जान पाएनन् । यसैको नतिजा स्वरुप ट्रम्पको रिसोर्टले पनि आर्थिक रुपमा लगातार संघर्ष गर्नुपर्यो ।

ट्रम्पको सबैभन्दा चर्चित गल्फ रिसोर्ट हो टर्नबेरी । त्यहाँ चारपटक ब्रिटिश ओपन प्रतियोगिता भइसकेको छ ।

र उक्त सम्पति खरिद गर्नु अगाडि २०१४ मा ट्रम्पले ६ करोड ५० लाख डलर खर्च गरेका थिए ।

यति मात्र नभएर उनले विभिन्न मर्मत सुधारका कामका लागि अतिरिक्त ८ करोड डलर पनि खर्च गरेका हुन् ।

तर २०२० मा यो बन्द भयो जसले यसको मूल्य घटेर ९२ लाख डलर पुग्यो । जबकी यसको सञ्चालन मूल्य ४७ लाख डलर रहेको थियो ।

ट्रम्प अर्गनाइजेसनले बेलायत सरकारबाट ३२ लाख डलर क्षतिपूर्ति नपाएको भए अवस्था अझ खराब हुन सक्थ्यो ।

यसरी यो एउटा रिसोर्टले मात्र उनलाई ६ करोड ८० लाख डलरको घाटा गराएको हो ।

त्यस्तै आयरल्यान्डमा रहेको अर्को अन्तर्राष्ट्रिय गल्फ लिंक पनि त्यस्तै अवस्थामा रहेको छ ।

आइरिस रेकर्ड अनुसार ट्रम्पले २०१४ पछिदेखि सो सम्पतिमा २ करोड डलर खर्च गरेका छन् ।

त्यस्तै उनले अर्को १ करोड ३० लाख पनि लगानी गरेका हुन् । तर २०१४ देखि १९ सम्म १ करोड ४० लाख डलर घाटा खाइसकेका छन् ।

यसरी खरिद गरेदेखिको घाटाको हिसाब गर्दा १ करोड ८० लाख डलर हुन्छ ।

त्यस्तै स्कटल्यान्डमा खोलेको अर्को सानो गल्फ रिसोर्टले पनि उनलाई सोचेजति लाभ दिलाएन ।

उता मायामीकै रहेको रिसोर्टको आम्दानी पनि निरन्तर घटिरहेको मात्र देखिएको छ ।

ट्रम्पको स्वामित्वमा रहेका साना क्लबहरुले मात्र केही नाफा कमाएका छन् जुन सबै अमेरिकामा अवस्थित छन् ।एजेन्सी

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्