प्रचण्डले फेरि पार्टी छाड्छन्, जनता झुक्याउँदै एमसीसी स्वीकार्छन् – गोपाल किराती

काठमाण्डौ – माओवादी कम्युनिष्ट पार्टी, नेपालको संरक्षक गोपाल किरातीले हिमालयन टेलिभिजनमा बोल्दै प्रचण्डले अब माओवाद छोड्ने बताएको छन ।
युट्युबमा समेत राखिएको उक्त अन्तरबार्तामा ‘प्रचण्डले फेरि पार्टी छाड्छन्, जनता झुक्याउँदै एमसीसी स्वीकार्छन्’ भन्ने शिर्षक राखिएको छ ।
नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनमा प्रचण्डले पाच वटा काम गर्नुपर्ने भएपनी त्यो नगरेको कुरा उल्लेख गरका छन ।
पहिलो– माओवादको सिद्धान्त त्यागेर माओवादी पार्टी विघटन गरेर गएकोमा सार्वजनिक आत्मआलोचना गर्नुपर्छ, त्यो गर्नुभएको छैन ।
दोस्रो– सर्वहारा सांस्कृतिक रूपान्तरणको प्रतिवद्धता जनाउनुपर्छ । यसअघिका घटनाक्रमलाई समीक्षा गर्नुपर्छ । उहाँहरूले भन्ने गरेको वैज्ञानिक समाजवाद सर्वहारा सांस्कृतिक रूपान्तरण विना हुँदैन ।
तेस्रो– समाजवादको स्पष्ट कार्यक्रम निर्माण गर्नुपर्छ । नारा लिएर मात्रै हुन्न । प्रचण्डहरूले भनेको वैज्ञानिक समाजवादमा भोलि बिहानदेखि नेपाली मजदुर, किसान र सुकुम्बासीको स्थान के हुन्छ ? समाजवादी नेपालको भोलिको यात्राबारे स्पष्ट पार्नुपर्छ । देशभक्त पूँजीपतिको स्थान के हुन्छ ? तोक्नुपर्यो । र, समजवादी निर्वाचन प्रणाली लागु गर्नु पर्थो ।
चौथो– एमसीसी खारेजको पक्षमा माओवादी केन्द्र डटेर उभिनुपर्थो ।
पाचौ– उताधिकारी निर्माण र नेतृत्व हस्तातरण गर्नुपर्थो ।
बाकी भिडियोमा हेर्नुहोस :