इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ।

सोमबार राति घरेलु मैदान ओल्डट्राफोर्डमा सम्पन्न खेलमा युनाइटेड उल्भ्ससँग १–० ले पराजित भएको हो।

उल्भ्सले खेलको अन्तिम समयमा गोल गर्दै घरेलु टोलीलाई स्तब्ध पारेको थियो।

उसका लागि खेलको ८२औं मिनेटमा जोआओ मौटिन्होले निर्णायक गोल गरे।

यो सँगै युनाईटेडका अन्तरिम प्रशिक्षक राल्फ रंगनिकको अपराजित यात्रासमेत रोकिएको छ।

उल्भ्सले सन् १९८० पछि पहिलो पटक ओल्डट्राफोर्डमा जित निकालेको हो ।

हारसँगै १९ खेलबाट ३१ अंक जोडेको युनाइटेड तालिकाको सातौं स्थानमा छ भने उल्भ्स २८ अंकसहित तालिकाको आठौं स्थानमा उक्लिएको छ।