बेलायत किरात राई समुदायको महान चाड साकेला उधौलीको अबसरमा विश्वभरका किरात समुदायले आफ्नो समय अनुसार विश्वभर साकेला उधौली चाड मनाई रहदा किरात राई यायोक्खा बेलायतले पनि गत डिसेम्बर २६ तारिख आइतबार किरात हाउस ग्याम्बलिङमा चुला पुजा पश्चात भूमि पुजा गरी साकेला उधौली चाड भव्य रुपमा मनाएका छन् ।

किरात राई यायोक्खा बेलायतले सन् २०१४ सालमा ३ लाख ५० हजार पाउण्डमा करिब ८ हेक्टर जग्गा खरिद गरिएको सामुहिक जग्गामा रहेको ठुलो रुखलाई आधार मानेर भूमे थान प्रतिस्थापन गरिएको स्थानमा भूमि पुजा गरी येलेदोङ ५०८१ औ साकेला उधौली चाड सम्पन्न गरिएको किरात राई यायोक्खा बेलायतका अध्यक्ष मेजर योगेश कोयी राईले बताए।

कोभिड -१९ नयाँ ओमिक्रोनले ग्रसित, जाडो मौसमका प्रतिकूल समयमा समेत बेलायतभरका प्रारम्भिक कार्यसमितिका प्रतिनिधिहरु, संरक्षक सदस्यहरु, बुद्धिजिबी मानुभाव, बोर्ड अफ डाईरेक्टर, नक्छो र पुर्खा सहितको किरात समुदायको विशेष व्यक्तित्वहरुको सौहार्द पूर्ण उपस्थितिमा करिब १ सय जनाको संख्यामा विधिपूर्वक साकेला उधौली चाड सम्पन्न गरिएको हो।

आयोजित कार्यक्रममा चुला पुजा, भूमि पूजा गर्न अगाडी बिहान अध्यक्ष मण्डल, निर्वाचन मण्डलले आठौ महाधिवेशन पश्चात नया कार्यसमितिलाई बुझबुझरत समेत गरेको थियो।

आठौ महाधिवेशन निर्वाचन मण्डलका अध्यक्ष, किरात राई यायोक्खा नेपालका केन्द्रिय पूर्व अध्यक्ष डा . सुमाया राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

निवर्तमान कार्यसमितिलाई विदाई, पहिलो कार्यक्रम अन्तरगत ८ औं महाधिवेशनका अध्यक्ष मण्डलका अध्यक्ष किरात राई यायोक्खा नेपालका पूर्व अध्यक्ष यशोदा राईको अध्यक्षतामा सम्पन्न भएको थियो भने दोस्रो कार्यक्रम नवनिर्वाचित अध्यक्ष मेजर योगेश कोयी राईको अध्यक्षतामा सम्पन्न भएको थियो।

पहिलो कार्यक्रम अन्तरगत नया कार्यसमितिलाई पदास्थापन, धोषणा पत्र, सुझाप पत्र, संस्थाका सबै कागज पत्र सहित आर्थिक हिसाव किताव बुझबुझारत समेत भएको थियो ।

दोस्रो कार्यक्रम अन्तरगत निर्वाचन मण्डललाई धन्यबाद सहित पुरानो कार्यसमितिलाई विदाई गरिएको थियो।

कार्यक्रमका अन्त्यामा नक्छोङ द्वय किताबशेर राई, टिटेक्स राई र पुर्खा दिल बहादुर राईको विशेष उपस्थितिमा चुला पुजा, भूमे पुजा गरेर विधिवत रुपमा साकेला शीली नाच्दै उधौली चाडको अबसरमा भव्यरुपमा कार्यक्रम सम्पन्न गरिएको थियो।

साकेला उधौली चाडको अबसरमा उपस्थित मानुभावहरुले एक आपसमा शुभकामना आदान प्रदान गरेर विहान ११ः०० बजेदेखि शुरु भएको कार्यक्रम अपराह्न ४ः०० बजेसम्म औपचारिक रुपमा संचालन भएको थियो।

तथापी एक आपसमा शुभकामना आदान प्रदान गरी अन्य रमझम सहित किरात हाउस ग्याम्बलिङमा रातको ११ः०० बजेसम्म कार्यक्रम भएको थियो।

आयोजित कार्यक्रममा नक्छोङ द्वय किताबशेर राई, टिटेक्स राई र पुर्खा दिल बहादुर राई रहनु भएको कार्यक्रममा नवनिर्वाचित अध्यक्ष मेजर योगेश कोयी राईले उपस्थित मानुभवहरुलाई विशेष धन्यबाद ज्ञापन सहित कार्यक्रमको समापन गरिएको थियो।

किरात राई यायोक्खा बेलायतले भूमि पुजा, साकेला उधौली चाड धुमधाम सम्पन्न गयो
किरात राई यायोक्खा बेलायतले भूमि पुजा, साकेला उधौली चाड धुमधाम सम्पन्न गयो
किरात राई यायोक्खा बेलायतले भूमि पुजा, साकेला उधौली चाड धुमधाम सम्पन्न गयो