मैले उहाँलाई मेरो आधा जिन्दगीदेखि चिनेको हुँ – केट विन्सलेट

हलिउड ब्लकबस्टर चलचित्र ‘टाइटानिक’को इतिहास जति लामो छ, त्यसका ‘रिल लाइफ’ जोडी लियोनार्दो डिक्याप्रियो र केट विन्सलेटको मित्रता पनि उत्तिकै लामो छ ।
चलचित्रको सेटपछि जोडिएको मित्रता आजसम्म पनि उत्तिकै गाढा छ । जसलाई उनीहरूको हालैको पुर्नमिलनले प्रस्ट्याउँछ ।
डिक्याप्रियो र विन्सलेट विचको मित्रताको सम्बन्ध भौतिक दुरी अनि समयले कति पनि असर गरेको छैन ।
कोरोना कहरका कारण पछिल्लो तीन वर्षदेखि एकअर्कासँग टाढा रहेका उनीहरूको हालै पुर्नमिलन भएको छ ।
यी ओस्कर विजेता कलाकारहरूको हालै तीन वर्षपछि लस एन्जलसमा भेट भएको हो ।
लामो समयपछि आफ्नो मिल्ने साथीसँग भेट्दा विन्सलेटले आफ्नो आँसु थाम्नै सकिन्न् ।
आफ्नो भावुक क्षणलाई वर्णन गर्दै विन्सलेट भन्छिन्, “मैले मेरो आँसु थाम्नै सकिनँ ।
मैले उहाँलाई मेरो आधा जिन्दगीदेखि चिनेको हुँ, म न्यूयोर्कमा र उहाँ लण्डनमा भएर डिनर वा कफीका लागि भेटेको जस्तो होइन । हामी आफ्नो देश छोडेर जान सक्ने अवस्थामा थिएनौँ ।
यसरी छुटाछुटै बसिरहेका विश्वभरीका अरू मित्रताहरू जस्तै हामीले पनि यो कोभिडको समयमा एकअर्कालाई धेरै मिस गर्यौँ ।”
उनीहरूको अभिनयको सहकार्य सन् १९९७ मा ज्याक र रोजको रूपमा भएको थियो ।
त्यसपछि भने सन् २००८ मा रिलिज भएको ‘रिभोलुसनरी रोड’ मा श्रीमान र श्रीमतीको रूपमा एउटै पर्दामा देखिएका थिए ।
टाइटानिक चलचित्र आउँदा विन्सलेट २१ वर्षकी मात्रै भएकी थिइन् भने लियो २२ वर्षका थिए ।एजेन्सी