Logo

गीतकार सङ्घ नेपालको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न


गीतकार सङ्घ नेपालको बाह्रौं वार्षिक साधारण सभा  २०७८ पौष १० गते जमल स्थित साँस्कृतिक संस्था (राष्ट्रिय नाच घर) को सभाहलमा सम्पन्न भएको थियो।

उद्घाटन सत्र र बन्द सत्र गरी  शुरु भएको उक्त बाह्रौँ साधारण सभाको दुबै सत्रको अध्यक्षता सङ्घका अध्यक्ष श्री शुभ मुकारुङज्यूले गर्नु भएको थियो।

पहिलो सत्रका प्रमुख अतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका कुलपति श्री नारायण भक्त श्रेष्ट “रायन”ज्यू, सल्लाहकार त्रय श्री राजेन्द्र थापाज्यू, श्री डा .भोला रिजालज्यू तथा बिभिन्न क्षेत्रबाट पाल्नु भएका शुभचिन्तक, सहयोगी आदरणीय व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रम संचालन सङ्घका महासचिव श्री रमेश कोइरालाज्यूले गर्नु भएको थियो।

प्रमुख अतिथि तथा अतिथिहरुमा सङ्घको खादा तथा ब्याच वितरण, प्र .अ ज्यूबाट पानसमा दियो प्रज्वलन गरी उद्घाटन गरिएको थियो ।

त्यसपछी  शुभ-कामना मन्तव्यमा अक्षयकोष संरक्षकका तर्फबाट श्री अमर वान्तुज्यू,सल्लाहकार त्रयज्यू, रजिस्ट्रारज्यू र प्रमुख अतिथिज्यूले सङ्घको बाह्रौ वार्षिक साधारण सभाको सफलताको शुभ-कामना व्यक्त गर्दै सङ्घले गर्दै आएको प्रयासहरु कल्याणकारी कोष अन्तर्गत गीतकार उपचार कोष, सङ्घले प्रदान गर्ने सम्मान तथा पुरस्कारका नाममा विभिन्न अक्षयकोषको स्थापना, विभिन्न कार्यक्रम र अन्य अन्योन्याश्रित सरकारी गैह्र सरकारी संघ संस्थाको कार्यक्रमको सहभागितालाई साथै विभिन्न तहहरुमा संस्थाको लक्ष्य प्राप्तिका निम्ति गरेको सह्रानीय अथक प्रयास र गीतकार हरुको रोयल्टी संकलन समाज गठनका लागि गहन गृहकार्यका साथ विधान मस्यौदा तयार पार्न समिति गर्न सुझाव सहित प्रशंसा र सचेतनाका रूपमा आ-आफ्ना मन्तव्य व्यक्त गर्नु भएको थियो।

यसै क्रममा गीतकार सङ्घ नेपालको वेबसाइट “www.geetkarnepal.org ” कोड लजिक टेक्नोलोजी प्रा .लीका ई . श्री नकेन्द्र पुनज्यूले पूर्व वेबसाइट डटकमलाई रद्द गरी मर्कन्टाइल प्रा .लीमा नयाँ डोमेन रजिष्टरका साथ परिमार्जित ओआरजि डट एनपीको सार्वजनिककरण गराउनु भएको थियो।

पहिलो सत्र सभाध्यक्षज्यूले मन्तव्यका साथ सबैमा धन्यवाद प्रकट गर्दै समापन गर्नु भएको थियो।

दोश्रो सत्रमा – महासचिव श्री रमेश कोइरालाज्यूबाट महासचिवको प्रतिवेदन प्रस्तुत,कोषाध्यक्ष जेबी समयोगीबाट २०७७ श्रावण १ गते २०७८ आषाढ मसान्त सम्मको आ .व २०७७/०७८ को आर्थिकआय व्यय प्रतिवेदन प्रस्तुत गरिएको थियो।

र महासचिवद्वारा विधान संशोधन प्रस्ताव सहित गीतकार रोयल्टी सङ्कलन वितरण तथा निर्धारण समाज गठनका लागि विधान मस्यौदा समिति तयारको प्रस्ताव पेश भएकोमा गीतकारज्यूहरुबाट छलफल भइ विधान संशोधन प्रस्ताव थपघट गरी बाह्रौँ साधारण सभाबाट पारित गरिएको थियो यसलाई सङ्घको वेबसाइटमा राखिनेछ।

अन्त्यमा दोस्रो सत्रको रुपमा रहेको बन्द सत्र सभाध्यक्ष तथा सङ्घका अध्यक्ष श्री शुभ मुकारुङज्यूले समापन गर्नु भएपछि तस्वीर खिच्ने कार्यक्रम, चियापान, खाजा गरी अपरान्ह सम्पूर्ण कार्यक्रम सम्पन्न भएको थियो।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्