मस्कोस्थित एक अदालतले शुक्रबार रसियामा अ’वैध मानिने सामग्रीहरु पटक पटक हटाउन नसकेको भन्दै गुगललाई ९ करोड ८० लाख अमेरिकी डलर जरिबाना गर्ने निर्णय सुनाएको छ ।

अदालतको प्रेस सेवाले गुगलले हटाउन नसकेका आपत्तिजनक सामग्रीहरुको विस्तृत विवरण भने सार्वजनिक गरेको छैन ।

विश्वकै चर्चित तथा विशाल प्राविधिक कम्पनीलाई त्यसको वार्षिक आधारमा जरिवाना गरिएको यो पहिलो घटना हो ।

तर गुगलले भने थप कदम चाल्नु अघि आफुले अदालतको निर्णय माथि अध्ययन गर्ने एएफपी समाचार निकायलाई बताएको छ ।

रसियाले गुगललाई आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप गरेको आरोपसमेत लगाएको छ ।

गुगलकोबारे यस्तो निर्णय लिइएको केहि घन्टापछि नै सोहि मामिलालाई लिएर रसियाले फेसबुकलाई पनि २ अर्ब रुवल जरिवाना गर्ने निर्णय गरेको छ ।

यसै साताको शुरुमा ट्विटरलाई पनि ३० लाख रुवल जरिवाना गर्ने रुसी अदालतले निर्णय गरेको थियो ।

गत मे महिनामा रसियाको संचार निगरानी निकायले यदि गूगलले लागु औषध, हिंसा र अतिवाद सम्बन्धी २६ हजार वटा गैर कानुनी सामग्रीहरु हटाउन नसकेको खण्डमा गूगलको गति नै कम गरिदिने चेतावनी दिएको थियो । एजेन्सी