क्यानका असन्तुष्ट केन्द्रीय सदस्यद्वारा क्रिकेट खेलाडीमाथिको कारबाही फिर्ता लिन माग (विज्ञप्ति सहित)
क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) का बोर्ड सदस्यले राष्ट्रिय खेलाडीमाथि नियोजित ढंगले गरेको कारबाही फिर्ता लिन आग्रह गरेका छन्।
बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै बोर्डका सदस्यहरू, ऋषिराम गौतम, अमितवीर पाण्डे, करन महतारा, मोहम्मद दाउद अन्सारी, सञ्जय राज सिंह र छुम्बी लामाले संयुक्त रूपम पत्रकार सम्मेलन गर्दै हचुवाका भरमा गरिएको खेलाडीमाथिको कारबाही तत्काल फिर्ता लिन आग्रह गरेका छन्।
‘आफ्नो मेहनत, परिश्रम र टिम भावनाका साथ नेपाललाई एक दिवसीय मान्यता दिलाउन महत्वपूर्ण योगदान गरेका क्रिकेट खेलाडीलाई सम्मानको बदला अनुशासनको नाममा नेतृत्वकर्ताले जुन किसिमका नियोजित कारबाही गरेएको छ, यसको हामी घोर भत्सना गर्दछौं’, पत्रकार सम्मेलनपछि जारी विज्ञप्तिमा भनिएको छ।
उनीहरूले अनुशासन समिति भए पनि सो समितिलाई काम गर्नज नदिएको आरोप लगाएका छन्।
‘विडम्वना छ, अनुशासन समिति गठन हुँदाहुँदै सो समितिलाई कार्य गर्न नदिनु, एक्कासी संयोजकलाई हटाउनु, छानविन समितिको नाममा निर्णयकर्ता नै संयोजक भएर बस्नुले नै स्वतन्त्र छानविन हुने कुरालाई शंकाको घेरामा पुर्याउँछ’, विज्ञप्तिमा भनिसएको छ,‘ छानविन प्रतिवेदन हामी बोर्ड सदस्यलाई समेत जानकारी नगराउनु र हाम्रो असहमतिका बाबजुद खेलाडीको भविष्यमाथि खेलवाड हुने गरी कारबाही गरिनुले नेपाली क्रिकेटलाई कहाँ पुर्याउन खोजिएको हो भन्ने गम्भीर प्रश्न उठेको छ।’
परामर्समै खेलाडीको बर्गिकरण गर्नुपर्ने आफूहरूले आवाज उठाए पनि एकलौटी ढंगले निर्णय गरेको उनीहरूले जिकिर गरेका छन्।
‘मिति २०७८ साल असोज २० र २१ गते बोर्ड बैठकमा एक्कासी खेलाडीको ग्रेडिङको मापदण्ड र त्यसअनुसार ग्रेडिङको प्रस्ताव ल्याइयो, त्यसबेला नै हामीले कप्तानलगायतसँग परामर्श गर्नुपर्छ भन्ने हाम्रो मत राखेका थियौं।
विगतमा पनि ग्रेडिङका क्रममा संघको तर्फबाट त्रुटि भएकाले अब त्यस्तो नहोस् भन्ने चाहेका थियौं। तर नेतृत्वले हाम्रो आवाजलाई सुन्न चाहेन, बुझ्न चाहेन ।
दूर्भाग्य, हामीले जे नहोस् भनेका थियौं, त्यही भयो। मापदण्ड र ग्रेडिङमा खेलाडीहरुले असन्तुष्टि जनाए’, विज्ञप्तिमा भनिएकोछ।
जारी विज्ञप्ति





