विश्वभरी झण्डै तीन सय जना जे’लमा रहेको एक अध्ययनले देखाएको छ ।

गैरनाफामुलक संस्था कमिटी टु प्रोटेक्ट जर्नालिस्ट (सीपीजे) ले गरेको अध्ययनले यो वर्ष डिसेम्बर १ सम्म दुई सय ९३ पत्रकार जे’लमा रहेको देखाएको हो ।

कम्तीमा २४ जना पत्रकार समाचार लेखेकै कारण मा’रिएका र अन्य १८ जनाको उनीहरूले गरेको कामबाट उत्पन्न भएको कठिन परिस्थितिका कारण मृ’त्यु भएको सीपीजे जनाएको छ ।

प्रेस स्वतन्त्रता र सञ्चार माध्यममाथिको आ’क्रमण सम्बन्धि सीपीजेले गरेको वार्षिक सर्वे अनुसार जे’ल पर्ने पत्रकारको संख्या २०२० को तुलनामा १५ जनाले वृद्धि भएको छ ।

पत्रकारहरू जे’लमा पर्ने कारणहरू देशअनुसार फरक फरक छन् ।

अधिकांश पत्रकारहरू भने राजनीतिक उ’थलपु’थल र स्वतन्त्र पत्रकारिताप्रति बढिरहेको अ’सहिष्णुताको कारण जे’ल पर्ने गरेको सीपीजेले उल्लेख गरेको छ ।

“सीपीजेले यति धेरैै संख्यामा विश्वभरी पत्रकारहरू कै’द भएको अभिलेख राखेको यो छैटौँ वर्ष हो”, सीपीजेका कार्यकारी निर्देशक जोल साइमनले एक विज्ञप्तीमा बताए ।

“यो संख्याले एकअर्कोसँग जोडिएका दुई चुनौती–सरकार सूचना नियन्त्रण र व्यवस्थापन गर्न कटिबद्ध छन्, र तिनीहरू त्यसो गर्ने प्रयासहरूमा झनै निर्लज्ज हुँदैछन् ।”

सबैभन्दा धेरै चीनमा ब’न्दी बनाइएका छन्, त्यहाँ ५० जना पत्रकार जे’लमा छन् । त्यसपछि, दोस्रो धेरै म्यानमारमा २६ जना पत्रकार कै’द भएका छन् ।

त्यहाँ सैनिकले कु गरेपछि पत्रकारहरू प’क्राउ परेका हुन् । यस्तै, इजिप्टमा २५, भियतनामा २३ र बेलारुसमा १९ जना पत्रकार जे’लमा छन् ।

पहिलो पटक हङकङ पनि पत्रकारलाई ब’न्दी बनाउने देशको सूचीमा परेको छ ।

सीपीजेका अनुसार आ’पराधिक गि’रोह अथवा भ्र’ष्ट अधिकारीविरु’द्ध कलम चलाउने पत्रकारहरू निसाना पर्ने मेक्सिको पश्चिमी गोलार्धमा पत्रकारहरूको लागि सबैभन्दा ख’तरनाक देश हो । एजेन्सी