कोभिड–१९ विरुद्धको खोप नलगाएका नागरिकलाई तत्काल खोप लगाउन सरकारले आग्रह गरेको छ ।

काठमाडौं उपत्यकामा रहेका नागरिकलाई कोभिड संक्रमणको जोखिम कम गर्न तत्काल खोप लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।

विभिन्न अस्पताल तथा तोकिएका स्थानमा काठमाडौं, लिलितपुर र भक्तपुरमा खोप लगाइने छ ।

काठमाडौंमा बिहान १० बजेदेखि ३ बजेसम्म, ललितपुरमा बिहान १० बजेदेखि १ बजेसम्म र भक्तपुरमा १० बजेदेखि ३ बजेसम्म खोप प्रदान गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भेरोसेल, कोभिसिल्ड र एस्ट्राजेनेका खोप प्रदान गरिने छ । १८ वर्षमाथिका नागरिकले खोप लगाउन सक्नेछन् ।

यी हुन् खोप लगाइने स्थानहरु :

१८ वर्षमाथिका व्यक्तिलाई खोप लगाउन आग्रह (यी हुन् खोप लगाइने स्थान)