काम सकिएर घर पुगिसेपछि या कतिपय अवस्थामा छुट्टीका बेला पनि अफिसबाट ‘बोस’ को फोन आउने प्रवृत्ति सबैतिर व्याप्त नै रहेको छ ।

तर पोर्चुगलमा अब त्यस किसिमको व्यवहारलाई अ’वैध घोषणा गरिएको छ ।

हालै पारिद भएको नयाँ कानुन अनुसार कुनैपनि अफिसले कार्यस्थलको अवधि भन्दा बाहिर आफ्नो कर्मचारीलाई सम्पर्क गर्न पाउँदैनन् ।

यसमा फोन होस् या म्यासेज अथवा इमेल समेत गर्न निषेध गरिएको छ ।

उक्त कानुनमा भनिएको छ, “कर्मचारीको व्यक्तिगत जीवनलाई सम्मान गर्नुपर्छ । उनीहरुले आफ्नो खालि समय परिवारसँग बिताउन र आराम गर्न पाउनैपर्छ ।

त्यसैले यो नियमको कुनैपनि ढङ्गमा उल्लंघन भएमा व्यक्तिले गम्भीर कारबाहीको सामना गर्नुपर्ने र निश्चित जरिवाना समेत तिर्नुपर्ने बताइएको छ ।

२०१७ मा फ्रान्समा पनि यस्तै किसिमको नियम पारिद भएको थियो जसपछि फ्रान्सेली कर्मचारीहरुले अफिस बाहिरको समयमा कामबाट फोन आएमा त्यसलाई बेवास्ता गर्न पाउने भएका हुन् ।

पोर्चुगलको यो नयाँ नीति वास्तवमा घरबाटै काम गर्ने बढ्दो प्रवृत्तिको सम्बन्धमा रहेको थियो ।

पछिल्लो समय धेरै कर्मचारीहरुले आफ्नो इच्छा अनुरुप घरबाट काम गरिरहेका छन् ।

त्यसैले यो नियममा कार्यस्थलले आफ्ना कर्मचारीलाई घरबाटै काम गराउँदा आवश्यक पर्ने साधनहरु दिलाउने जिम्मेवारी पनि लिनुपर्ने भनिएको छ ।

जस्तै घर बसेर काम गर्दा हुने ग्यास, विजुलीको खपत लगायतका लागि कार्यस्थलले अतिरिक्त खर्चको व्यवस्था मिलाइदिनुपर्ने बताइएको छ

। यो कानुन पोर्चुगलको संसदमा अघिल्लो शुक्रबार मात्र पारिद भएको हो र यसै हप्तादेखि कार्यन्वयन भइसकेको छ ।एजेन्सी