Logo

माओवादी कम्युनिस्ट पार्टी, नेपालले किरात गणराज्य पुनर्स्थापनाको लागि अभियान शुरु गर्यो


संखुवासभा-किरात गणराज्य पुनर्स्थापनाकोलागि प्रकाश दुमीराईको नेतृत्वमा ४ सदस्य टोलि उदयपुर, ओखलढुंगा, खोटाङ, भोजपुर हुँदै संखुवासभा पुगेको छन ।

माओवादी कम्युनिस्ट पार्टी, नेपालको केन्द्रिय सदस्य प्रकाश दुमिराई, केन्द्रिय सदस्य साहस राई, केन्द्रिय सदस्य सुमन बाङदेल र वाइसीएलको केन्द्रीय सदस्य सर्वधन राई रहेको छन ।

उक्त टोलिले जनतासंग घरदैलो, जनयु’द्धका स’हिद तथा घा’ईते परिवार, स्थानिय जनप्रतिनीधि, जिल्लाका जिल्ला प्रशासन प्रमुख, जिल्लाका राजनीतिक दलहरुसंग भेटघाट तथा भित्ते लेखन लगायत प्रचारप्रसार गर्दै अभियानमा छन ।

‘दश गणराज्य सरकार पुनर्स्थापना गरौ !’ भन्ने अभियान अन्तर्गत किरात गणराज्य सरकार पुनर्स्थापना आ’न्दोलन समितिले ४ सदस्य टोलिलाई प्रदेश नं १ का उदयपुर, ओखलढुंगा, खोटाङ, भोजपुर, संखुवासभा, धनकुटा, सुनसरी लगायतका जिल्लाहरुमा कार्यक्रम गर्ने कुरा टोलिका एक सदस्य साहस राईले बताए ।

नेपालको पकृति अनुसार समाजवादी गणराज्य हासिल गर्न दश गणराज्य आ’न्दोलन १३ बुँद्दे माग कार्यान्वयन अनिवार्य आवश्यक रहेको भन्दै अभियान गरेको कुरा संयोजक प्रकाश दुमीराईले बताए ।

जनयु’द्धबाट स्थापित पहिचान आ’न्दोलन भएकोले संबिधान पुनर्लेखन गरि दश जनगणराज्य सरकार बनाउनु पर्ने मागसहित अभियान देशब्यापी रुपमा माओवादी कम्युनिस्ट पार्टी, नेपालले थालेको छ ।

माओवादी कम्युनिस्ट पार्टी, नेपालले किरात गणराज्य पुनर्स्थापनाको लागि अभियान शुरु गर्यो

माओवादी कम्युनिस्ट पार्टी, नेपालले किरात गणराज्य पुनर्स्थापनाको लागि अभियान शुरु गर्यो

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्