Logo

महाधिवेशनमा शक्ति प्रदर्शन गर्दिन – सभापति देउवा


प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पत्रकार डाकेर महाधिवेशनमा सहयोग गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्रीको सचिवालयले बोलाएका सीमित पत्रकारबीच देउवाले १४औं महाधिवेशनमा पनि आफैँ सभापति लड्न लागेको भन्दै सहयोग गर्न आग्रह गरेका थिए ।

उनले भनेका थिए– यो मेरो अन्तिमपटक हो । मैले यहाँहरुबाट पनि अपेक्षा गरेको छु ।”

सभापति देउवाले महाधिवेशनमा शक्ति प्रदर्शन नगर्ने बताएका थिए ।

“महाधिवेशन प्रतिनिधिसँगै नजिकका नेता कार्यकर्ता आउनेछन्,” देउवाले भने, “सकेसम्म कमलाई बोलाउने प्रयास गरेका छौँ ।”

देउवाले सत्ता गठबन्धन निर्वाचनसम्मै जाने बताएका थिए ।“सत्ता गठबन्धन निर्वाचनसम्मै जान्छ,” उनको भनाइ थियो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्