Logo

नेकपा (क्रान्तिकारी माओवादी) र माके (क्रान्तिकारी) बिच कार्यगत एकतामा ग’म्भिर छलफल


नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र (क्रान्तिकारी) र आदरणीय कमरेड मोहन बैद्य किरणले नेतृत्वको गरेको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) बिच वर्तमान सामाजिकक अन्तरविरोधको अवस्था, नेपाली क्रान्तिकारी कम्युनिष्ट आन्दोलनमा फुट, एकता र रुपान्तरणको प्रश्न, कम्युनिष्ट एकताको आवश्यकता, क्रान्तिका उपलब्धी र बाँकी कार्यभार तथा क्रान्तिकारी कार्यदिशा र संघर्षको स्वरुप लगाएतका विषयमा गम्भिर छलफल भएको छ ।

लामो समयदेखि जनन्यायीक व्यवस्थाको पक्षमा संघर्षरत दुई क्रान्तिकारी कम्युनिष्ट पार्टीका शिर्ष नेताहरुबिच हिजो साँझ काठमाण्डौंको महाराजगञ्जस्थित होटेल लुम्बिनीमा उक्त छलफल भएको हो ।

उक्त क्रममा माओवादी केन्द्र (क्रान्तिकारी) का महासचिव लोकराज जैसी (लोकेश) र (क्रान्तिकारी माओवादी) का स्थायीसमिति सदस्य तथा पार्टी प्रवक्ता हरीभक्त कडेंल (प्रतिक) बिच करिब दुई घण्टा लामो संवाद भएको थियो ।

छलफलको क्रममा माओवादी केन्द्र (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा पार्टीको पत्रकार संगठन प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष मनराज कठायतको समेत उपस्थिति रहेको थियो ।

दुई कम्युनिष्ट पार्टीका शिर्ष नेताहरुको उक्त छलफलबाट तत्काललाई साझाँ मुद्दामा कार्यगत एकता गर्ने र निरन्तर वैचारिक सैद्धान्तिक छलफल गर्दै, नमिलेका विषयमा समान धारणाको विकास गरेर वृहत क्रान्तिकारी कम्युनिष्ट एकतामा जोड दिने विषयमा सहमती समेत भएको छ।

भेटघाटको क्रममा नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी सदस्य तथा प्रवक्ता हरीभक्त कडेंल (प्रतिक) ले वर्तमान अवस्थामा कम्युनिष्ट नामधारी पार्टी र समूहहरु धेरै देखिएको अवस्थामा हामीले वास्तविक क्रान्तिकारी कम्युनिष्टको पहिचान गर्नुपर्ने तथा कथित नामधारी कम्युनिष्टको भ्रमबाट जनतालाई समेत मुक्त गराउनेबारेमा सोच्नुपर्ने धारणा राखेका थिए ।

क्रान्तिकारी माओवादीका नेता प्रतिकले नेपाली क्रान्तिकारी कम्युनिष्ट आन्दोलनमा फुट र विभाजन मात्र भएको छैन, पुनः रुपान्तरणसहित बलियो एकता समेत भएको छ भन्दै ‘माओवादी केन्द्र (क्रान्तिकारी’ लगाएत सबै क्रान्तिकारी कम्युनिष्टहरुलाई संघर्षमा कार्यगत एकता गर्दै वैचारीक एकरुपता बढाउँदै वृहत कम्युनिष्ट एकतामा आउनका लागि आग्रह समेत गरे ।

उनले नेपाली कम्युनिष्ट आन्दोलन अहिले निकै जटिल र संकटपूर्ण अवस्थाबाट गुज्रिदै गर्दा माओवादी केन्द्र (क्रान्तिकारी) ले कम्युनिष्ट एकताको पक्षमा वहस गर्दै गरेको विषयले राम्रो संन्देश दिएको भन्दै त्यसले क्रान्तिकारी आन्दोलनमा गति दिने विश्वास समेत गरेका थिए ।

उनले कम्युनिष्ट एकताको विषयमा वहस गर्दा संसदीय कम्युनिष्टहरुसँग छलफलमा भाग लिनुले कुनै उपलब्धी प्राप्त नहुने ठोकुवा गर्दै ‘बालुवा पेलेर तेल निस्कन्न, बालुवा नै आउँछ’ भन्ने किवदन्ति प्रस्तुत गरेका थिए ।

उनले संसदीय कम्युनिष्टको भ्रमबाट मुक्त हुँदै क्रान्तिकारी योजनाका साथ वर्तमान व्यवस्थाको विकल्पमा उत्रीने पार्टीहरुबिच एकता गर्नुको विकल्प नभएकोमा विशेष जोड दिएका थिए ।

अहिले प्रतिक्रियावादमा पतन भएका संसदीय कम्युनिष्टहरुले क्रान्तिकारी शक्तिहरुलाई जडसुत्रवादी, संक्रिणतावादी, उग्रवादी भन्ने जस्ता आरोप लगाउँदै जनता र आम क्रान्तिकारी नेता, कार्यकर्ताहरुमा भ्रम सिर्जना गर्ने कुचेष्टा गरिरहेको भएपनि हामीहरुले त्यसलाई बुझ्दै त्यस्ता भ्रम चिरेर अघि बढ्नुपर्ने बताए

सा’मान्तवादी उत्पादन प्रणालीसँग जोडिएको विलासी जिवनशैली र क्रान्तिकारी अधैर्यताका कारण आन्दोलनमा विभाजनको श्रृखला दोहोरिएको टिप्पणी गर्दै उनले आफ्नो पार्टीले पार्टी एकताको लागि अघि सारेको ६ बुर्दे सैद्धान्तिक आधार र कार्यगत एकताको पहलबारे व्याख्या समेत गरेका थिए ।

उनले आफ्नो पार्टीले लिएको वैचारीक सैद्धान्तिक लाईन र मुलभूत कार्यदिशा ठिक हुँदाहुँदै पनि कतिपय अवस्थामा कार्यनीति, कार्यशैली तथा कार्यक्रममा उचित व्यवस्थापन गर्न नसक्दा आन्दोलनमा अपेक्षित गतिशिलता नदेखिएको कुरा स्विकार समेत गरेका थिए ।

उनले आन्दोलनमा देखिएको अपुगतालाई सबै क्रान्तिकारी कम्युनिष्टहरुको एकताबाट पुर्ण गर्न सकिने विश्वास सहित एकता प्रकृयामा जुट्नका लागि आफ्नो पार्टी तयार रहेको भन्दै आग्रह समेत गरेका थिए ।

उक्त छलफलको क्रममा नेकपा माओवादी केन्द्र (क्रान्किारी) का महासचिव लोकराज जैसी (लोकेश) ले नेपाली कम्युनिष्ट आन्दोलनको इतिहास हेर्दा क्रान्तिकारी निरन्तरतामा जुट्ने साँझा नीति र नेतृत्वको अहिलेसम्म अभाव आफुहरुले महसूस गरेको भन्दै त्यो अपुगतालाई छरिएर रहेका सबै क्रान्तिकारी कम्युनिष्टहरु बिचको सैद्धान्तिक वैचारीक संवाद, समयसापेक्ष सुहाउँदो क्रान्तिकारी कार्यदिशा, नीति र कार्यक्रमको विकास तथा वृहत क्रान्तिकारी कम्युनिष्ट एकताको अभियानले पुरा गर्न सघाउँने विषय सविस्तार व्याख्या गरेका थिए ।

महासचिव कमरेड लोकेशले अहिले संसदीय कम्युनिष्टहरुसँग छलफलनै गर्नुहुन्छ, नजिक नै जानुहुन्न, त्यहाँ जादाँ सबै बिग्रिन्छ, भत्किन्छ भन्ने खालको संक्रिणतावादी, अमाक्सवादी मानसिकताहरु समेत देखिएको भन्दै त्यो बुझाईबाट माथि उठेर क्रान्ति गर्छु, भन्ने सबैतिर रहेका क्रान्तिकारी शक्ति, समूह वा नेता, कार्यकर्ता र जनसमूदायसँग समेत आफ्नो पार्टीले छलफल, वहस गनुपर्ने नीति लिएको बताएका थिए ।

उनले संसदीय कम्युनिष्ट पार्टीभित्र समेत क्रान्तिकारी चेत भएका नेता, कार्यकर्ताहरु भएको र विविध कारणले त्यहाँ फसिरहेको तथा क्रान्तिकारी पार्टी आन्दोलनमा समेत अवसरवादी, यथास्थितिवादी र सुधारवादी तप्का देखिदै आएको तर्क गर्दै सबै कम्युनिष्टहरु सँगको छलफल, वहसबाट मात्र विभाजित अवस्थामा पुगेको नेपाली क्रान्तिकारी कम्युनिष्ट आन्दोलनलाई जोड्न सम्भव रहेकोमा आफ्नो पार्टीले जोड दिएको धारणा सहित त्यो विषयमा ग’म्भिर बन्न सुझाव पेश गरेका थिए ।

उनले कार्यदिशा ठिक वा बेठिक हुनुले सबै चिजको निर्धारण गर्छ भन्ने सैद्धान्तिक मान्यतामा टेकेर हेर्दा अहिलेसम्मको अवस्थामा कुनैपनि पार्टीले विचार, संगठन, संघर्ष कुनै क्षेत्रमा जनअपेक्षित अवस्था ल्याउन सकेको छैन, त्यसले एक पटक आ आफ्नो कार्यदिशालाई पल्टाएर हेर्न तथा वर्तमान सामाजिक अवस्थासँग मेल खाने क्रान्तिकारी मोडेलसहितको कार्यदिशाको माग गरेको प्रति संकेत गर्दै त्यतातिर समेत सबैले फर्केर हेर्नुपर्ने सुझाव समेत राखेका थिए ।

उनले विभाजित क्रान्तिकारी शक्तिहरु एकतामा आउने पहिलो आधार भनेको सैद्धान्तिक वैचारीक पक्ष नै भएकाले त्यसमा आ आफ्ना आदत र अहंकार, आडम्बरलाई त्यागेर, सौहार्दपूर्वक, क्रान्तिलाई केन्द्रमा राखेर छलफल वहस गर्नुपर्ने र त्यसका लागि पुराना, इतिहास बोकेका नेता र उहाँहरुले चलाएका पार्टीहरुले नै त्यसको पहल गरिदिए राम्रो होला भन्ने आफुहरुलाई लागेको समेत बताए ।

उनले राजनैतिक सैद्धान्तिक एक रुपतासहित पार्टी एकता र वृहत क्रान्तिकारी शक्ति निर्माणको प्रकृया त्यति सहज नभपनि माक्र्सवादी कम्युनिष्टहरुले नकार्नुपर्ने अवस्था नभएको र राम्रो पहल तथा मित्रवत व्यवहारले त्यसलाई सफल पार्न सकिने जिकिर समेत गरे ।

उनले कतिपय अवस्थामा कार्यनीतिक हिसाबले बेमेल हुँदा पनि इतिहासमा गनिएका नेताहरु, गुटगत विभाजनमा पुग्ने गरेको दृष्टान्त दिदै हामीले जनयुद्धको समिक्षा, आन्दोलन र एकताप्रतिको इमान्दारीता र साझाँ नीति र नेतृत्वको विषयमा लचकतासहित पहल गर्नमा गम्भिर बनैंपर्ने सुझावहरु राखेका थिए ।

उनले आफ्नो पार्टीको नीति अनुसार अहिले विभिन्न ठाउँमा रहेका कम्युनिष्ट पार्टी, समूह, नेता, कार्यकर्ताहरु र जनसमूदायसँग आफ्नो पार्टीले छलफल, वहस गरिरहेको र त्यहि क्रममा आज क्रान्तिकारी माओवादी सँगसमेत अत्यन्त गम्भिर र महत्वपूर्ण छलफल सम्पन्न भएको बताए ।

उनले थप विषयमा अर्को चरण छलफललाई निरन्तरता दिन आफ्नो पार्टी तयार रहेको भन्दै त्यसका लागि क्रान्तकारी माओवादी र अन्य क्रान्तिकारी कम्युनिष्ट पार्टीले समेत आफ्ना आन्तरिक आदत तथा अडानहरुलाई छाडेर क्रान्तिकारी आन्दोलन, एकताको महत्व र वर्तमान दलाल संसदवादीको खारेजी तथा जनन्यायीक व्यवस्थको स्थापनाको मुद्दालाई केन्द्रमा राखेर हेर्नुपर्ने सर्त अघि सारेका थिए

। दुई पार्टीका नेताहरुबिच अर्को चरण पुनः छलफलमा जुट्ने र साँझा मुद्दामा सहकार्य गर्दै जाने विषयमा सैद्धान्तिक सहमती समेत भएको छ ।

माओवादी केन्द्र (क्रान्तिकारी) ले कम्युनिष्ट एकताको विषयमा यसअघि माओवादी केन्द्र, एमाले, माले, एकिकृत समाजवादी, विप्लव नेकपा, कट्टेल नेकपा, नेकपा (मसाल) लगाएतका पार्टी, समूह र जनसमूदायसँग समेत छलफल गरिसकेको छ । र त्यसलाई निरन्तर अघि बढाउने बताउँदै आएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्