Logo

पार्टीमा आएको चार वर्ष भएपनि सम्मानजनक मत पाए – रेखा थापा


राप्रपा महिला महामन्त्रीमा कुन्ती शाहीसँग प’राजित भएपछि रेखा थापाले आफू पार्टीमा आएको चार वर्ष भएपनि सम्मानजनक मत पाएको प्रतिक्रिया दिएकी छन् ।

राजेन्द्र लिङदेनको प्यानलबाट चुनाव लडेकी रेखाले पार्टीमा २० वर्षदेखि सक्रिय कुन्तीले जित्नु स्वाभाविक भएको बताइन् ।

“कुन्ती दिदीलाई मेरो धेरै धेरै बधाई र शुभकामना छ । अब उहाँले राम्रोसँग काम गर्नुहुन्छ भन्ने अपेक्षा लिएकी छु ।

चुनावी मैदानमा आ’रोप प्र’त्यारोप हुनु सामान्य प्रक्रिया हो । म पार्टीमा आएको भर्खर चार वर्ष भयो ।

दिदी २० वर्षदेखि पार्टीमा हुनुहुन्छ । पार्टीमा दिएको योगदानका हिसाबले दिदीले जित्नु स्वाभाविक हो । मैले अझ धेरै होमवर्क गर्नुपर्ने देखेकी छु ।

यो मत मेरा लागि विजयीको मत हो,” उनले भनिन् । रेखाको पक्षमा १६ सय ४० मत खसेको थियो । कुन्ती २ हजार ८ मत ल्याएर विजयी भइन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्