Logo

भीम रावललाई भोट नहाल्न भन्दै प्रतिनिधिहरुलाई बाँडियो पर्चा


चितवन: नेकपा एमालेको महाधिवेशनस्थल सौरहामा नयाँ नेतृत्व चयन गर्न मतदान भइरहेको बेला अध्यक्षका प्रत्यासी भीम रावल लगायतका उम्मेदवारहरुलाई भोट नहाल्न भन्दै प्रतिनिधिहरुलाई पर्चा बाँडिएको भेटिएको छ ।

होटल सेभेनस्टार परिसरमा भइरहेको एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा केपी ओली पक्षले आफू पक्षीय उम्मेदवारको सूची तयार गरेर प्रतिनिधिलाई वितरण गरिरहेका छन् । कसलाई भोट हाल्ने र कसलाई नहाल्ने भनेर सूची तयार गरेर ओली पक्षले वितरण गरेको हो । यसअघि एमालेले महाधिवेशन प्यानल नबनाउने घोषणा गरेको थियो ।

आफ्नो विपक्षी खेमामा रहेका भीम रावल र यसअघि ओलीले बन्दसत्र हलमा वाचन गरेका नाममा मात्र भोट हाल्ने गरी ओली पक्षले सूची महाधिवेशन प्रतिनिधिलाई वितरण गरेको हो ।

एमालेको नयाँ नेतृत्वको दौडमा केपी ओली र भीम रावल रहेका छन् भने पदाधिकारीसहित केन्द्रीय कमिटी सदस्यको केही पदमा पनि निर्वाचन भइरहेको छ।‘भोट नहाल्ने नामावली’ लेखिएको एउटा पर्चामा अध्यक्षका उम्मेदवार भीम रावल, उपाध्यक्षका उम्मेदवार घनश्याम भुसाल, सचिवका उम्मेदवार टंकप्रसाद कार्की, सचिवका उम्मेदवार भीमप्रसाद आचार्यको नाम छ ।

यसैगरी अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्ट, योगेश भट्टराई, युवराज ज्ञवाली, रघुबीर महासेठ, सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ, छविलाल विश्वकर्माको नाम पनि भोट नहाल्न भन्दै बाँडिएको पर्चामा उल्लेख छ ।

सदस्यहरुमा भाष्कर काफ्ले, नीरा खान, पशुपति कुँवर, मञ्जु मलासी, नरबहादुर विक, जयप्रकाश थारु, भरत साउदको नाम पनि भोट नहाल्ने भन्दै बाँडिएको पर्चामा उल्लेख छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्