Logo

‘ए कान्छा’ गीत सार्वजनिक


काठमाण्डौ – चर्चित गीतकार प्रकाश दुमी राइको ‘ए कान्छा’ गीत सार्वजनिक भएको छ ।

‘ए कान्छा ’ गीतको अफिसिय म्युजिक भिडियो तक्मे बुढाडटकम युटयुब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

यस गीतमा चर्चित गायक राजेश पायल राईले स्वर दिएका छन ।

प्रस्तुत गीतमा गीतकार प्रकाश दुमी राईको शब्द, पारस मुकारुङको संगीत र संगीत संयोजन नोर्बु छिरिङको रहेको छ ।

यस गीतमा  माया प्रेमलाई गहिरो तरिकाले गीतमार्फत उजागर गर्न खोजिएको छ ।

आमाबाबाको मायालाई सम्झेर लेखेकाे गीत, परिवारको प्रेम र प्रदेशी जिवनलाई जिबन्त समर्पण गीतमार्फत देखाउन खोजिएको छ ।

म्युजिक भिडियोको निर्देशन र कोरियोग्राफी विलसन विक्रम राईले गरेका हुन।

यस म्युजिक भिडियोमा विलसन विक्रम राई, पशुपति राई, सुर्बिर पण्डित, योगेन्द्र राई, बिशाल लिम्बु र वालकलाकार अस्मिन तामाङको जोडदार अभिनाय रहेको छ ।

यस गीतलाई विबेक राणापहेलीले रेकर्ड गरेका छन भने साजन शाहको मिक्सिङ रहेको छ ।

‘ए कान्छा’ गीतलाई भिडियो छायाङकन तथा सम्पादन पृथक स्टुडियोले गरेका हुन ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्