Logo

बासी बिचार र बासी अनुहारहरुको महाअधिबेशन


-आशकुमार राई

अहिले देशमा राजनीतिक दलहरुको राष्ट्रिय महाअधिबेशनको सरगर्मी छ। आफुलाई प्रजातान्त्रिक भन्ने नेपाली कांग्रेस, आफुलाई कम्युनिष्ट भन्ने एमाले र एमाओवादीको पनि महाअधिबेशनको सकृयता बढेको छ।

महाअधिबेशन भनेको के हो ? महाअधिबेशन भनेको निश्चित समयमा आफूलाई अवाध गर्नु हो। समय अनुसार आफ्नो बिचारको बिकास गर्नु हो र समय सापेक्ष रुपान्तरण हुनु हो। मुख्य कुरो समयलाई चिन्नु हो। र, उक्त रुपान्तरणसहितको बिचारलाई संगठनिक शक्तिमा रुपान्तरण गरेर समाज र देशमा नेतृत्वदायी भूमिका खेल्नु हो। तसर्थ : यो बैज्ञानिक छ।  प्राकृतिक र स्वाभाबिक पनि छ। तर अहिले महाअधिबेशन गर्दै गरेका राष्ट्रिय शक्तिहरुले उनिहरुको संस्थागत राजनीतिक जिवनमा समय सापेक्ष आफुलाई कति रुपान्तरण गर्न सके ?  कति बिकाश गर्न सके ? र, समाजमा त्यस्ले कति सकारात्मक भुमिका खेल्यो भन्ने मुख्य कुरा हो।

राजनीतिक ईतिहाँस र ऐतिहाँसिक भूमिकाको हिसाबले कांग्रेस यो देशको पुरानो पार्टी हो। र एउटा समयमा परिबर्तनको खातिर राम्रो भूमिका खेलेको पार्टी पनि हो। कांग्रेसले अहिले आफ्नो १४ औं महाअधिबेशन गर्दैछ। बिपिले प्रतिपादन गरेको नेपाली कांग्रेसको प्रजातान्त्रिक बहुदलिय समाजबादको जगमा खडा भएको कांग्रेसले अहिलेसम्म बैचारिक बिकाश के गर्यो ? यो अहिले कांग्रेसको जिवनसंङ्ग जोडिएको गम्भीर प्रश्न हो। तर कांग्रेसलाई यो प्रश्नले पटक्कै छुँदैन। किनकि कांग्रेस बिचार निष्ठा र दर्शनबाट च्युत भएर मरिसकेको कं’कालहरुको चाङ हो। र भत्केर भग्नावषेशमा रुपान्तरण भईसकेको निकम्मा शक्ति हो। तसर्थ उस्को दर्शन बिचार र नीति भनेकै ब्यक्ति हो। जहाँ बिचार सिद्धान्त दर्शन र कार्यक्रम हुँदैन। मानौं कांग्रेस अहिलेको अवस्थामा टाउको नभएको शरीर हो। त्यसैले उ ब्यानरमा राष्ट्रवाद लेख्छ। एमसीसी लगायतका राष्ट्रघाती सम्झौताहरु पास गर्न घुँडा धसेर लागिपर्छ। स्मरण रहोस यो देश उठनै नसक्ने गरि अधिकांश असमान सन्धी सम्झौताहरु कांग्रेसले नै गरेको कुरा छर्लङ्ग छ। कांग्रेस आफ्नो ब्यानरमा फेरि लोकतन्त्र लेख्छ। अनि आफ्नै आन्तरिक गुठगत तथा ब्याक्तिगत स्वार्थको निम्ति पार्टिको सदस्य किनबेच गर्ने संस्कृति स्थापित गर्छ। जाँड पार्टिको संस्कृति बिकाश गर्छ। हुँदाहुँदै आफ्नै पार्टी कार्यकर्ताबिच मुठभेट गराएर टाउको फो’र्ने संस्कार स्थापित गर्छ। आफ्नो हरेक ब्यानरमा समाजबाद लेख्छ। स्तर अनुसारको नेताको दलाली गर्ने ब्यक्ती तथा ब्यक्ती पुजारी हरुको संरचना बनाएर राजनीतिक दलको नाम कांग्रेसले स्थापित गर्दछ। अनि यो खाले राष्ट्रवाद, यो खाले लोकतन्त्र र दलाल संस्कृति बोकेको उस्को संरचनाले समाजलाई कता लान्छ ? अनि आफुलाई पुरानो प्रजातान्त्रिक शक्ति दाबी गर्ने शक्तिले यो ल’थालिङ्ग, भताभु’ङ्ग र अ’स्तब्यास्त भई अ’सफल राष्ट्रको नाममा आफुलाई दर्ज गराउने बाटो समाएको यो देशको दशाको जिम्मा कांग्रेसले लिनु पर्छ कि पर्दैन ? स्वाभाबिक रुपमा यो जिम्मा कांग्रेसले लिनु पर्दछ। यो बिग्रोल बाढिको बढी जिम्मेवार कांग्रेसनै हो। यो घाम झैं छर्लंङ्ग छ। कांग्रेसले आन्तरिक लोकतन्त्रको अभ्यास कसरी गर्दैछ ? यो उस्को महाअधिबेशनको घि’नलाग्दो दृश्यहरुले देखाई नै रहेको छ। यस्ले के बताउँछ भने हाम्रो देशले भोग्नु पर्ने दशा अरु बाँकी छ। जुन यो भन्दा अझ कष्टपुर्ण र पिँडादायक छ।

त्यसैले आसन्न कांग्रेसको महाअधिबेसनलाई बैचारिक दृष्टिकोणबाट हेर्ने हो भने कांग्रेसको बिचार शून्य लाईनमा केही थान मगन्ते तथा केही थान दा’स मनोवृत्तिका आस्वासन र ब्यक्तिगत स्वार्थले मरेतुल्य जीवन बाँचेका युवाहरु देखिन्छन। केही कुलिन प्रधानपन्चको अवतारीहरु देखिन्छन। केही नलगाएको गेरु बस्त्र धारी धर्मगुरुहरु र केही साउजी एनजिओ र आईएनजिओ कर्मी देखिन्छन। साथै अहिलेको जल्दाबल्दा ठेगेदारहरु देखिन्छन। जसको भिँडले किचेर प्रदिप गिरीहरु उनीहरुको पाईतालामुनी मरणसन्न अवस्थामा ऐया भन्नसम्म सकिरहेको छैनन। जुन भिँडको एउटा हिस्सा असफलताको एउटा नामुद पात्र शेरबहादुर देउबालाई फेरि असफल नेतृत्वको अर्को अतिरिक्त समयको लागि अनुमोदन गर्न तयार छ। भने अर्को हिस्सा शेरबहादुर देउबा भन्दा पनि अर्को  असफल, अयोग्य र ला’चार पात्रलाई नेतृत्वमा स्थापित गर्न कराई रहेको छ। त्यसैले ७० बर्ष अगाडिदेखि बैचारिक तथा राजनीतिक बिकाश गर्न नसकेको कांग्रेसले यो १४ औं महाअधिबेसनबाट पनि बिचार शून्य एउटा नेतृत्व नामको बुख्याँचा स्थापित गर्ने छ। र उसले फेरि गन्हाएको बासिबोली बोल्ने छ। कि यो लोकतन्त्रको सानदार जित हो। र अब लोकतन्त्र बल्लियो हुनेछ। बिचार सुन्य ती कांग्रेसीहरुको लोकतन्त्रले त जित्ला र उसको लोकतन्त्र पनि बल्लियो होला। तर यो देश र जनताले भने हार्ने निश्चित छ। समाजको गति अगाडि नबढने निश्चित छ। तसर्थ यो समाजलाई भने रुपान्तरणको निम्ति कि कांग्रेसको बिकल्प चाहिएको छ। कि कांग्रेसको बैचारिक बिकाश चाहिएको छ। यो कुराकांग्रेसी जनहरुले बुझिदिए सबैको भलो हुने छ। यो अहिलेको कांग्रेसबाट संभब छ ?

यो महाअधिबेशन भनेको कार्यकर्ताहरुको लागि रमाईलो चाड हो। मीठो खाने लाउने एउटा उत्सब हो। र, नेता घोषणा गर्ने कर्मकाण्ड हो। तर अब यसरी राजनीति चल्दैन र यीनले चलाउन सक्दैनन। यहाँ बुझ्नु पर्ने कुरो के हो भने, यी बासी र ना’लायक पात्रहरु कार्मकाण्डिय संस्कृतिबाट अनुमोदन भएर आउने मान्छे भन्दा पनि बढी दोषी यो नालायकहरु ल्याउने प्रणाली दोषी छ। त्यसैले यो बासी बिचार बासी अनुहारहरुको महाअधिबेशनले यो देशको अन्तरबिरोधहरु देख्न सक्दैन। समाजको अन्तरबिरोधहरु छुट्याउन सक्दैन र समाधान पनि गर्न सक्दैन। 

त्यसैगरी २००६ सालमा पुष्पलालहरुले कम्युनिष्ट पार्टी गठन गरे। अहिले बजारभरी त्यसको हाईब्रेट कम्युनिष्टहरु थुप्रै छन। तिनको गन्ती गर्न समय लाग्छ। त्यहिँ कम्युनिष्ट पार्टिको जीवन र बिकाससंग जोडिएको एमाले भन्ने पार्टी पनि यो समाजमा स्थापित छ। जुन पार्टि बिचार भन्दा पनि दासढुङ्गा घटनाबाट भाबनात्मक हिसाबले बल्लियो रुपमा जनतामाझ स्थापित भएको र वृद्ध भत्ताको एउटा कार्यक्रमले टिकेको पार्टी हो। उसले पनि आफ्नो दश औं महाअधिबेशन गर्दैछ। उसले आफ्नो बैचारिक सिद्धान्त जनताको बहुदलिय जनवाद भन्छ। तर एमालेले अहिलेसम्म जबजको बिकास कहिले गरेन। उ आफुलाई जबर्जस्त कम्युनिष्ट भन्दछ। तर  कम्युनिष्टको आचरण मुल्यमान्यता र बर्ग दृष्टिकोण उसमा कतै देखिँदैन। पश्चिमा शक्ति राष्ट्रका प्रतिनिधिहरु आउँदा आफ्नो हेडक्वाटरमा माक्स लेनिनको फोटो हटाएर मात्र भित्र छिराएको भन्ने समाचारहरु अखबार भरि छरपष्ट भएको दृष्टान्त कसैले बिर्सिएको छैन होला। भर्खरै फुटको शिकार बेहोरेको उक्त एमाले पार्टिको नेतृत्व खडगप्रसाद ओलीले गरिरहेका छन। जुन पार्टिमा नीति सिद्धान्त र दर्शन गौण छ। गुलियो गफ प्रधान छ। मानौं खडगप्रसाद ओलीको गफ नै मार्क्सवाद हो। लेनिनवाद हो। र जबजको बिकाश हो। बिचार हो। र कार्यक्रम हो। जस्ले बैज्ञानिक समाजवादको कुरा गर्छ। र आफ्नो सरकार बाहाल हुँदा ठोरिमा मन्दिर बनाउने घोषणा गरि भगवान प्रती अगाध बिश्वास दर्शाउँछ। र मन्दिर सृङ्गर गर्न अरबौं खर्च गर्छ। जुन देशमा जनता खाना नाना र छानाको अभाबमा कष्टगर समय ब्यातित गर्न बिबश छन। राष्ट्रघाती महाकाली सन्धिको प्रमुख बिचौलिया भूमिकाबाट राष्ट्रिय राजनीतिमा खुट्टा टेकेका तिनै खडगप्रसाद ओली अबको महाअधिबेसनबाट फेरि आफू अध्यक्षमा निर्बाचित हुने सुबिधाजनक एकलौटी महाअधिबेशन प्रतिनिधि छानेर चितवन हानिएका छन। अब उनी तिनै दिगमिक लाग्दो बासी जबज वाला गफ लिएर फेरि दोश्रो पटक आउने पक्का पक्की जस्तै छ। त्यसैले अहिलेको एमालेको भुमिका र उस्को प्रवृत्ति हेर्दा उ घोर दक्षिणपंथी शक्तिको नाभि हो। माक्सवादको आबरणमा प्रतिगमनकारि राजनीति गर्ने एउटा क्रुर शिकारी हो। जस्ले प्रगतिशीलताको बैचारिक, बैज्ञानिक, र मौलिकराजनीतिमाथी शिकार गर्दछ। र बिचार बिहिन काईते कार्यदिशा लिएर महाअधिबेशन नामको धर्म सभाद्वारा आउने  एमाले नेतृत्व यो देश र समाजको लागि मात्र होईन। समग्र प्रगतिशील तथा कम्युनिष्ट आन्दोलनको लागि नै ठूलो चुनौतिको रुपमा खडाहुने छ। तसर्थ एमालेले भन्दै गरेको जबजको बैचारिक बिकाश गर्न सकेन भने एमाले दक्षिणपंथी पार्टी हो भनेर सबैले बुझ्नु पर्दछ। नत्र म कम्युनिष्ट पार्टी नै हो भनेर एमालेले बैचारिक पुष्टि कसरी गर्दछ ? यो अहिलेको स्वेच्छाचारी धर्मसभा जस्तो देखिने एमालेको महाअधिबेशनले यो बैचारिक प्रश्नको जवाफ दिन सक्नु पर्दछ।

यता दशबर्षे जनयुद्धबाट उदाएको माओवादी शक्ति पनि आठ औं माहाअधिबेशनको दौडानमा छ। जुन शक्ति यो गणतान्त्रिक राजनीतिक प्रणालिको संस्थापक शक्ति पनि हो। र, संस्थापक बिचार हो। संविधान जारी गरे पश्चात् बैचारिक अलमलमा परेर क्रान्तिकारी बिचारधाराबाट स्खलित भई एमालेको दौराको फेरो समात्न पुगेको माओवादीलाई सर्बोच्चले आफ्नो पुरानो हैंसियतमा फर्काई दिए पश्चात् अबको वर्गसंघर्षको बाटो कता ?  माओवादीले क्रान्तिको बाटो समाउँछ कि संसोधनबादी बाटो समाउला ? माओवादीले क्रान्तिको बिकास र नेतृत्व कसरी गर्छ ? माओवादी पार्टी यो राजनीतिक प्रणालिको संस्थापक शक्ति भएको कारण यी प्रश्नहरु जनस्तरबाट हुने छन। र यी प्रश्नहरु माओवादीकोलागी निक्कै महत्वपूर्ण मुल्यको पनि हुनेछन।

लगभक यो आठौं महाअधिबेशनबाट प्रचण्ड फेरि पनि अध्यक्षमा दोहोरिने निश्चित छ।  यसपालिको माओवादीको महाअधिबेशनको मुख्य दस्ताबेज फुटेका र छरिएका पार्टीहरु टिपनटापन गरेर जोड्ने टालटुले खालको आउने अनुमान गर्न सकिन्छ। त्यसैले पनि कम्युनिष्ट आन्दोलनलाई भने अगाडी बढाउन सक्दैन।  बहस गर्ने एउटा वातवरण बने त्यहिँ ठूलो कुरो मान्नु पर्दछ। तसर्थ माओवादीको बिकल्प एमाले या कांग्रेस भने होईन। माओवादीको बिकल्प रुपान्तरणसहितको माओवादी नै हो । त्यसैले यत्तिबेला माओवादीले यो कुरो नबुझे। यो समाजले माओवादीको पनि बिकल्प खोज्ने दिन टाढा छैन। प्रचण्ड र माओवादी पार्टिलाई उसको बिरोधीहरुले राष्ट्रवादसंग जोडेर विभिन्न आरोप र लान्छानाहरु लगाए पनि अहिलेसम्म एउटा पनी राष्ट्रघाती सम्झौता नगर्ने नेता पनि प्रचण्ड नै हुन। यो उनको छवि कहिलेसम्म टिक्छ? उनी आफैको लागि यो चुनौती छ। त्यहिँ चुनौती संङ्ग जोडिएको अर्को पाटा ६२/६३ साल पछि क्रमस गिर्दै गरेको माओबादी आन्दोलनको साख अब कसरी उठछ ? भन्ने बैचारिक प्रश्न अहिले अहम छ। अपेक्षा गरौं अहिलेको सत्ताको मियो बनेको माओबादिले आसन्न महाअधिबेशनबाट यी प्रश्नहरुको जवाफ दिँदै फेरि क्रान्तिको बाटो समातोस र आफ्नो वास्तविक बर्गमा फर्किन सकोस। किनकि यो देशको लागि अबिचलित क्रान्तिको पक्षमा उभिने माओवादीको बिचार र पार्टिको अझै खाँचो छ।

निष्कर्ष- भन्ने गरिन्छ, यो कथाले चलेको देश हो। त्यसैले कथा भनेर देश चलाउने बासी अनुहारहरु धमाधम अनुमोदन गर्ने कर्मकाण्ड जारी छ। उनिहरु आफुलाई अवाध गर्दैनन। रुपान्तरण गर्दैनन। उनिहरुसंग बिचार कार्यक्रम योजना केही पनि हुन्न। फगत दुईचार जना भजन मण्डली, दाउरे हुन्छन। भ्र’ष्टाचारिको डफ्फा हुन्छ्न। त्यसैले यो महाअधिबेशन भनेको कार्यकर्ताहरुको लागि रमाईलो चाड हो। मीठो खाने लाउने एउटा उत्सब हो। र, नेता घोषणा गर्ने कर्मकाण्ड हो। तर अब यसरी राजनीति चल्दैन र यीनले चलाउन सक्दैनन। यहाँ बुझ्नु पर्ने कुरो के हो भने, यी बासी र ना’लायक पात्रहरु कार्मकाण्डिय संस्कृतिबाट अनुमोदन भएर आउने मान्छे भन्दा पनि बढी दोषी यो नालायकहरु ल्याउने प्रणाली दोषी छ। त्यसैले यो बासी बिचार बासी अनुहारहरुको महाअधिबेशनले यो देशको अन्तरबिरोधहरु देख्न सक्दैन। समाजको अन्तरबिरोधहरु छुट्याउन सक्दैन र समाधान पनि गर्न सक्दैन। यो काम नलाग्ने भईसकेको राजनीतिक प्रणालीलाई काखी च्यापेर बस्नु भन्दा नयाँ राजनीतिक प्रणालि तथा नयाँ राजनीतिक संस्कृतिको बिकल्प खोज्नु नै अहिलेको युवा बुद्धिजिबी देशभक्तहरुको साझा कर्तब्य, जिम्मेवारी तथा ऐतिहाँसिक अभिभारा हो।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्