Logo

दक्षिण अफ्रिकाका राष्ट्रपतिद्वारा यात्रा प्रतिबन्ध तत्काल हटाउन माग


दक्षिण अफ्रिकाका राष्ट्रपतिले आफ्नो देश र छिमेकीवि’रुद्ध लागु गरिएको यात्रा प्र’तिबन्धको नि’न्दा गरेका छन् ।

दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फेला परेपछि यूके, यूरोपेली मुलुक, अमेरिका, अष्ट्रेलिया र इजरायललगायत देशले यात्रा प्र’तिबन्ध लागु गरेका छन् ।

राष्ट्रपति सिरिल रामाफोसाले सो कदमलाई अ’नुचितभन्दै यस कार्यबाट आफू ‘गहिरो गरी नि’राश’ भएको बताए ।

उनले यात्रा प्र’तिबन्ध तत्काल हटाउन पनि आग्रह गरेका छन् । ओमिक्रोनलाई ‘भेरियन्ट अफ कन्सर्न’मा राखिएको छ । प्रारम्भिक प्रमाणले यो पुनः संक्रमण हुने जो’खिम उच्च रहेको देखाएको छ ।

दक्षिण अफ्रिकाले नोभेम्बरको सुरुतिरै व्यापक रूपमा उत्परिवर्तन हुने भेरियन्टको पत्ता लगाएको थियो र त्यसपछि गत बुधबार विश्व स्वास्थ्य संगठनलाई जानकारी दिएको थियो ।

विश्व स्वास्थ्य संगठनले जो’खिम आधारित र वैज्ञानिक तरिका खोज्नुपर्ने बताउँदै देशहरूले हतार हतार लागु गरेको यात्रा प्र’तिबन्धविरु’द्ध चे’तावनी दिएको छ ।

राष्ट्रपति रामाफोसाले यात्रा प्र’तिबन्धको कुनै वैज्ञानिक आधार नभएको बताए ।’दक्षिण अफ्रिकी देशहरू अ’स्वच्छ वि’भेदबाट पी’डित भएको उनको भनाइ छ ।

यात्रा प्र’तिबन्ध भाइरस फैलनबाट जोगाउन प्रभावकारी नहुने पनि उनको तर्क गरे ।

“यात्रा प्र’तिबन्धले केवल प्रभावित देशहरूको अर्थतन्त्रलाई थप क्ष’ति पुर्याउने र महामारीको सामना गर्ने र त्यसबाट तं’ग्रिने क्षमतालाई क’मजोर तुल्याउनेछ”, उनले भने ।

उनले अर्थतन्त्रमा थप क्ष’ति हुनुपूर्व नै आफ्नो निर्णय तत्काल उल्ट्यान आग्रह गरे । एजेन्सी

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्