Logo

नवीन सुब्बा भन्छन – नेपाली सिनेमेटोग्राफर महङ्गा छन त्यसैले विदेशी सिनेमेटोग्राफर लिइएको हो


निर्देशक नवीन सुब्बाले विदेशकाभन्दा नेपालका सिनेमेटोग्राफर महङ्गा भएका बताएका छन् ।

उनले निर्देशन गर्न लागेको चलचित्रमा अमेरिकन सिनेमेटोग्राफर लिएका छन् ।

नेपालीभन्दा विदेशी सिनेमेटोग्राफर सस्तो भएका कारण आफूले अमेरिकन सिनेमेटोग्राफर लिएको उनले प्रष्ट पारे ।

“विभिन्न कारणले विदेशी सिनेमेटोग्राफर लिइएको हो । कामको कुरा त सुरुमा आउँछ नै त्यससँगै क’ष्टको कुरा पनि आउँछ,” नवीन भन्छन्, “मैले नेपाली सिनेमेटोग्राफर क’ष्टकै कारण लिन सकिनँ ।”

यद्यपि, सबै नेपाली सिनेमेटोग्राफर अब्बल छैनन् भन्न आफूले नखोजेको उनको प्रष्टोक्ति छ ।

तर, ‘गाउँ आएको बाटो’मा आफूलाई नेपालीभन्दा विदेशी सिनेमेटोग्राफर ल्याउँदा धेरै सस्तो परेको उनको भनाइ छ ।

नवीनको यो चलचित्र अमेरिकन नागरिक मार्सिन काप्रोनले खिच्दैछन् । उनी नेपाल आइसकेका छन् ।

मार्सिनले आधा दर्जन चलचित्र अमेरिकामा खिचिसकेको र उनको क्यामेरा र एंगलिङको स्किल आफूलाई मन परेको उनले बताए ।

कामप्रति उनको लगाव र दक्षता केहीदिनको वर्कसप बसाइमा देखिएको नवीन बताउँछन् ।

हरेक सिनमा हुने क्यामेराको एङ्गलको मार्सिनले अर्थ खोजिरहेको उनले जानकारी दिए ।

कामप्रतिको यो लगाव हरेक सिनेमेटोग्राफरमा हुनुपर्नेमा नवीनको जोड छ ।

केही दिनपछि नवीन सुब्बाको चलचित्र ‘गाउँ आएको बाटो’ छायांकनमा जाँदै छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्