Logo

‘पर्यटन प्रवर्द्धनकोष सञ्चालन कार्यविधि २०७८’ स्वीकृत


काठमाडौं महानगरपालिकाले ‘पर्यटन प्रवर्द्धनकोष सञ्चालन कार्यविधि २०७८’ स्वीकृत गरेको छ।

मंगलबार राष्ट्रिय सभा गृहमा महानगरका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको ७१औँ कार्यपालिका बैठकले कार्यविधि स्वीकृत गरेको हो।

आर्थिक वर्ष ७५/०७६  मा होटल व्यवसायीहरुले तिरेको करको ६५ प्रतिशत रकमबाट कोष सञ्चालन गर्न लागिएको हो।

सो वर्ष कोभिडका कारण होटल व्यवसायीहरु स’मस्यामा थिए।

महानगरले आर्थिक ऐनमार्फत् उनीहरुलाई ६५ कर छुट दिएको थियो।

बाँकी ३५ प्रतिशत दाखिला भएको करको ६५ प्रतिशत रकम कोषमा जम्मा हुनेछ।

कोष सञ्चालनका लागि काठमाडौँ महानगरका प्रमुखको अध्यक्षतामा महानगरकातर्फबाट ५ जना र होटल संघ, नेपालका ४ जना गरी ९ जनाको निर्देशक समिति हुनेछ।

वार्षिक बजेट, नीति तथा कार्यक्रम तर्जुमा गर्नु र नीतिगत प्रबन्ध गर्नु समितिको मुख्य काम हुनेछ।

त्यस्तै राजस्व विभागका प्रमुखको संयोजकत्वमा संघको प्रतिनिधि भएको कार्यान्वयन समिति गठन गरिनेछ ।

कोषबाट पर्यटन क्षेत्रको प्रवर्द्धन हुने र व्यवसायीको सामुहिक हित हुने कार्यक्रम सञ्चालन गरिनेछन्।

‘करदाताले तिरेको कर, करदाताकै सेवाका लागि खर्च गर्ने नीतिअनुरुप कोष बनाएका हौँ।

यसबाट करको दायरामा आउन बाँकी करदाताहरु पनि दायरामा आउनुहुन्छ र साझा हितको काममा लाग्नुहुन्छ भन्ने अपेक्षा गरेका छौँ’ कार्यक्रममा बोल्दै मेयर शाक्यले भने।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्