प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का प्रवक्ता प्रदीप ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाले बाह्य लगानीमा सञ्चालित टेलिभिजन च्यानल ‘आस्था नेपाल’ र ‘पतञ्जली नेपाल’ उद्घाटन गरेर कानुन वि’परित काम गरेको टिप्पणी गरेका छन्।

पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका प्रवक्ता ज्ञवालीले नेपालको कानुनले नि’षेध गरेको ती टेलिभिजन च्यानल उद्घाटन गर्नुको कारण के हो भनेर प्रधानमन्त्री देउवालाई प्रश्न समेत गरे।

‘नेपालले बाह्य लगानीका लागि केही क्षेत्रलाई नि’षेधित गरेको छ। यो अहिले कुनै व्यक्ति विशेषलाई, संस्था विशेषलाई लक्षित गरेर होईन।

खास गरेर सञ्चार क्षेत्रमा टेलिभिजनदेखि लिएर अरू विभिन्न क्षेत्रहरु सञ्चार माध्यममा बाह्य लगानीलाई पूर्ण रूपले नि’षेध गरिएको छ।

अब कुन ढंगले प्रधानमन्त्रीले त्यो टिभी च्यानल उद्घाटन गर्नुभयो। त्यो हामीले बुझेका छैनौं’, प्रवक्ता ज्ञवालीले भने।

आईतबार प्रेस चौतारी नेपाल, उपत्यका प्रदेश कमिटीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपालले सञ्चार माध्यममा बाह्य लगानी नि’षेध गरेको उल्लेख गर्दै ती कुरा स्वागत गर्न नसकिने स्पष्ट पारे।

‘नेपालमा लगानीका निम्ति निश्चित माध्यमहरू छन्। त्यसका लागि उद्योग विभाग अन्तर्गत वान स्टप सर्भिसहरू छन।

त्यसका निम्ति इन्भेष्टमेन्ट बोर्ड छ। बाह्य लगानीलाई के–के सुविधा दिने/नदिने भन्ने कुरा चाँही हाम्रा निश्चित नियमहरू छन्।

कुनै एक जना व्यक्तिको सस्तो लोकप्रियताको निम्ति म तपाईलाई यो सुविधा दिन्छु भन्दैमा ती कुराहरु भईहाल्छ जस्तो लाग्दैन।

किनकि, त्यो कानुनसम्मत हुन जरूरी हुन्छ’, उनले भने।

प्रधानमन्त्री देउवाले उद्घाटन गरेको ती दुई च्यानल कानुनसम्मत नभएको प्रवक्ता ज्ञवालीको दाबी छ।

उनले सो च्यानल नेपालको कानुन वि’परित राष्ट्रिय हितभन्दा फरक ढंगले सञ्चालनमा आएको प्रारम्भिक प्रतिक्रियासमेत दिए।

‘नेपालमा विदेशी लगानी आउने कुरा राम्रो हो। तर लगानी कानुनसम्मत हुनुपर्छ। विधिसम्मत हुनुपर्छ, पारदर्शी हुनुपर्छ ।

त्यसो भएर पारदर्शी, विधिसम्मत र नेपालको प्राथमिकताको क्षेत्रमा आउने लगानीलाई हामी स्वागत गर्छौं ।

तर कानुन वि’परित नेपालको राष्ट्रिय हितभन्दा फरक ढंगले त्यसरी आउने कुरा चाँही हुँदैन।

अब त्यसको बारेमा सबै डिटेल आएपछि छलफल गर्छौं। जहाँसम्म नेपालको सञ्चार क्षेत्र हो ।

सञ्चार माध्यामहरुमा बाह्य लगानी चाँही नि’षेध गरिएको व्यहोरा यहाँहरुलाई जानकारी गराउँदछु,’ उनले भने।

प्रवक्ता ज्ञवालीले सो टेलिभिजन च्यानलबारे विस्तृत रुपमा छलफल गर्ने जानकारी समेत दिए।

उनले कानुनसम्मत, विधिसम्मत र नेपालले प्राथमिकता तय गरेको क्षेत्रमा आउने बाह्य लगानीलाई भने आफूहरुले सधैं स्वागत गर्ने बताए।

गत मंसिर ३ गते योगगुरू रामदेवको स्वामित्वमा रहेको पतञ्जली कम्पनीले काठमाडौंमा सञ्चालनमा ल्याएको ‘आस्था नेपाल’ र ‘पतञ्जली नेपाल’ नाममा दुई टेलिभिजन च्यानलको प्रधानमन्त्री देउवाले उद्घाटन गरेका थिए।