रामदेवको टेलिभिजन च्यानल गै’रकानुनी हो – पत्रकार महासंघ
प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय योगगुरु रामदेवको पतञ्जली योगपिठले नेपालमा टेलिभिजन च्यानल सञ्चालन गर्न लागेको र त्यसको उद्घाटन गरेको विषयमा ग’म्भीर ध्यानाकर्षण भएको नेपाल पत्रकार महासंघको जनाएको छ।
महासंघका महासचिव रोशन पुरीले आइतबार एक विज्ञप्ति जारी गर्दै महासंघको ग’म्भीर ध्यानाकर्षण भएको बताएका छन्।
‘नेपालको प्रचलित कानुनले सञ्चारमाध्यममा विदेशी लगानीलाई नि’षेध गरेको अवस्थामा भारतको पतञ्जली योग पिठले टेलिभिजन खोल्नु कानुनको ठाडो उ’ल्लंघन भएको छ।
विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ ले विदेशी लगानी खुल्ला नगरिएका उद्योग वा व्यवसायको सूचीमा आमसञ्चारमाध्यमहरूलाई राखेको कानुनी प्रवन्धप्रति महासंघ सम्बन्धित पक्षको ग’म्भीर ध्यानाकर्षण गराउँदछ।
दर्ता प्रक्रियासमेत पूरा नगरी टेलिभिजन सञ्चालन गर्न लागिएकाले महासंघ सम्बन्धित पक्षलाई राष्ट्रिय प्रसारण ऐन २०४९, राष्ट्रिय प्रसारण नियामावली २०५२ र प्रसारणसम्बन्धी निर्देशिका स्मरण गराउन चाहन्छ,’ विज्ञप्तिमा भनिएको छ।
स्वदेशी सञ्चारमाध्यमको व्यावसायिकतामाथि आँ’च पुग्ने गरी सञ्चार क्षेत्रमा विदेशी लगानी आएको भन्दै महासंघले नेपालको राष्ट्रियता, राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा पार्न सक्ने प्रभावप्रति सबै ग’म्भीर र सं’वेदनशील हुन आवश्यक रहेको निष्कर्षसमेत निकालेको छ।
महासंघले कानुनविपरीत सञ्चार क्षेत्रमा विदेशी लगानी रोक्न र स्वदेशी लगानीका सञ्चारमाध्यमलाई प्रतिस्पर्धात्मक तथा व्यावसायिक रूपमा विकास गर्ने वातावरण निर्माण गर्न सरकारसँग माग गरेको छ।



