‘नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय फिल्म महोत्सव’को नवौँ संस्करणको आयोजना हुने भएको छ ।

मानवअधिकार फिल्म केन्द्रको आयोजनामा ‘नवौँ नेपाल मानवअधिकार अन्तर्रािष्ट्रय भर्चुअल चलचित्र महोत्सव २०२१’ हुन लागेको हो ।

कोभिड–१९ कारण भर्चुअल माध्यमबाट यही मंसिर ६ देखि ९ गतेसम्म महोत्सव गरिँदै छ ।

महोत्सवमा २४ देशका ४२ वटा स्वदेशी तथा विदेशी फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्रका साथै सबै विधाका चलचित्रहरू देखाइने जनाइएको छ ।

फिल्म प्रदर्शनसँगै मानवअधिकारकर्मी र कलाकर्मीहरूसँग अन्तरक्रियालगायत कार्यक्रमहरू तय गरिएको छ ।

महोत्सवमा नेपाली विधाका फिल्महरूबीच प्रतिस्पर्धा समेत हुनेछ ।

प्रतिस्पर्धी नेपाली फिल्महरूलाई निर्णायकमण्डलले उत्कृष्ट फिक्सन, उत्कृष्ट वृत्तचित्र र उत्कृष्ट महिला चलचित्रकर्मीको छनोट गरी पुरस्कार घोषणा गरिनेछ ।