बेल्जियम विश्व नम्बर एक विश्वकपमा छनोट
विश्व नम्बर एक बेल्जियमले शनिबार राति इस्टोनियालाई ३–१ ले ह’राउँदै अर्को वर्ष कतारमा हुने विश्वकप–२०२२ मा स्थान पक्का गरेको छ । बेल्जियले लगातार तेस्रो पटक विश्वकपमा स्थान पक्का गरेको हो ।
बेल्जियमले समूह चरणमा एक खेल बाँकी हुदै विश्वकपमा स्थान पक्का गरेको हो ।
जितसँगै समूह ‘ई’ मा रहेको बेल्जियमले सात खेलबाट १९ अंक जोडेको छ ।
जुन दोस्रो स्थानको वेल्सभन्दा पाँच अंकले माथि हो । विश्वकप छनोटमा बेल्जियम अप’राजित छ ।
सातमध्ये एक खेल बराबरी गरेको छ भने बाँकी खेल जितेको छ ।
गएराति बेल्जियमले घरेलु मैदानमा क्रिष्टियन बेन्टेकेको गोलबाट अग्रता लिएको थियो ।
५३औं मिनेटमा यानिक कारास्कोले अग्रता दोब्बर बनाए ।
७०औं मिनेटमा इरिक सोर्गाले गरेको गोलबाट इस्टोनियाले पुनरागमनको प्रयास गरेको थियो ।
तर, ७४औं मिनेटमा थोर्गान हाजार्डले अर्को गोल थपेपछि बेल्जियमले सहज विजय हासिल गर्यो ।
बेल्जियम मुख्य फरवार्ड रोमेलु लुकाकुसहित केही महत्त्वपूर्ण खलाडी बिना मैदान उत्रिएको थियो ।
बेज्लियसँगै यसअघि फ्रान्स, ब्राजिल, डेनमार्क, जर्मनी र आयोजक कतारले विश्वकप–२०२२ मा स्थान पक्का गरिसकेका छन् ।
वेल्सबाट बेलको १००औं खेल
समूह ‘ई’ को दोस्रो स्थानमा रहेको वेल्सले गएराति बेलारुसलाई ५–१ ले ह’राएको थियो ।
रियाल मड्रिडका फरवार्ड गारेथ बेलको यो १००औं खेल थियो । कप्तान बेलको १००औं खेल सुखद बनेको छ ।
वेल्सको जितमा एरोन राम्सेले दुई गोल गरे । बेलबाहेक वेल्सका नेको विलियम्स, वेन ड्याभिस र कोनोर रोबर्टसले एक एक गोल गरे ।
बेलारुसका अर्टेम कोन्टसेभोएले एक गोल गरे । ड्याभिसको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो ।
चो’टका कारण दुई महिना मैदानबाहिर रहेका वेल ४६औं मिनेटमा मैदान छिरेका थिए ।
उनी ब्रेनान जोनसनको स्थानमा मैदान छिरेका हुन् ।
जितपछि वेल्स १४ अंकका साथ समूहको तेस्रो स्थानमा छ ।
जुन तेस्रो स्थानको चेक गणतन्त्रभन्दा तीन अंकले माथि हो । वेल्सले अन्तिम खेलमा बेल्जियमविरुद्ध घरेलु मैदानमा खेल्नेछ ।
चेक गणतन्त्रले अन्तिम खेल घरेलु मैदानमा इस्टोनियाविरुद्ध खेल्नेछ ।



